प्रहरीले अधिकृतसहित २ जना कर्मचरीविरुद्ध मुद्धा दायर गरेको छ । गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए। सोही प्रकरणमा पक्राउ परेकामध्ये २ जनालाई मात्र मुद्धा चलाइएको छ ।
बिज्ञापन
प्रहरीका अनुसार टेम्पो भिरबाट खसालेको घटनामा वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको हो । पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको प्रहरीले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीले उनीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यस अघि प्रहरीले पक्राउ गरेका वनका १२ जना कर्मचारीमध्ये बाँकी १० जनालाई रिहा गरिएको छ ।
यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा छन्।






























