जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालन हुँदै आएका ट्रेड युनियन तथा कर्मचारी आबद्ध संघ–संस्थाका कार्यालय, साइबोर्ड र संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ।
बिज्ञापन
आइतबार जारी सूचनामार्फत प्रशासनले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तथा विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैरसरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ, संगठन तथा संस्थाहरूले सरकारी भवनभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएकाले आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार त्यस्ता संघसंस्थाका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा इकाइ कार्यालयहरूले सरकारी भवनभित्र राखिएका कार्यालय, साइनबोर्ड तथा अन्य संरचना हटाई सात दिनभित्र निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गर्नुपर्नेछ। स्थानान्तरणपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन पनि भनिएको छ।































