सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

कानुन अनुसार सातै प्रदेशले सोमबार आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट सार्वजनिक गर्दैछन् ।

बिज्ञापन

कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते आफ्नो प्रदेशको बजेट प्रदेशसभामा पेश गर्न लागेको छ । संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरिएको सोही । त्यसैगरी अन्तरसकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
आज प्रदेश सरकारले ३ खर्बमाथिको बजेट ल्याउने तयारी गरिरहेको छ । प्रदेशहरूको बजेट मुख्यतः चार स्रोतबाट बन्ने गर्छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौज्दात रकमका आधारमा बजेट बनाइने गरिन्छ । प्रदेशहरूको कुल बजेटको ठूलो हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ । आन्तरिक आयको योगदान सीमित भएकाले संघीय हस्तान्तरण घटे प्रदेशहरूको बजेट पनि सिधै प्रभावित हुन्छ ।प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण जस्ता विषयलाई प्राथमिकतामा राखेर नयाँ बजेट तयार पारेका छन्। सबैजसो प्रदेशको चालु आवको बजेट खर्च भने निराशाजनक रहेको छ ।

बिज्ञापन

त्यसैगरी स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याउने कानुनी व्यवस्था छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष