भेप प्रकरण : भन्सारका नासु रेवन्त खड्का थुनामा, बयानमा सुन बिक्रीदेखि रकम बाँडफाँडसम्मको स्वीकारोक्ति

भेपभित्रको सुन तस्करी प्रकरण : भन्सारका नासु रेवन्त खड्का थुनामा, बयानमा सुन बिक्रीदेखि रकम बाँडफाँडसम्मको स्वीकारोक्त
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा (नासु) रेवन्त खड्कालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा दायर भएपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कासहित पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा तथा अन्य प्रतिवादीविरुद्ध सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

अदालतले आफ्नो आदेशमा बरामद सुन रहेको भेप खड्काकै जिम्मामा रहेको, गोदाममा राखिएको सामान साटफेर भएको देखिएको, अन्य आरोपितहरूले उनलाई रकम दिएको भनी बयान गरेको तथा उनको खातासँग सम्बन्धित व्यक्तिहरूको खातामा रकम जम्मा भएको प्रमाण देखिएको उल्लेख गरेको छ।

बिज्ञापन

बयानमा स्वीकारे सुन निकालेर बिक्री गरेको योजना
विशेष अदालतमा दिएको बयानमा खड्काले जफत गरिएका ७३ बट्टा भेपभित्र सुन रहेको जानकारी आफूलाई व्यवसायी बब्लुकुमार गुप्ताले दिएको बताएका छन्।उनका अनुसार गोदाममा राखिएको भेप परीक्षण गर्दा धुवाँ ननिस्किएपछि त्यसभित्र बहुमूल्य वस्तु रहेको आशंका पुष्टि भएको थियो। त्यसपछि सहआरोपित दिनेश बस्नेतले भेपभित्र सुन रहेको र बिक्रीका लागि भारतीय नागरिकसँग सम्झौता गरिसकेको जानकारी गराएका थिए।

बयानअनुसार दिनेश बस्नेतले जफत गरिएका भेपहरू गोदामबाट निकालेर अन्य भेप राखी साटफेर गरेका थिए। उक्त कार्य खड्काकै सहमतिमा भएको र त्यसपछि भेपभित्र रहेको सुन निकालेर बिक्री गरिएको उनले स्वीकार गरेका छन्।६५ लाख रुपैयाँ विभिन्न खातामा जम्मा खड्काले सुन बिक्रीबाट प्राप्त रकममध्ये आफूले हिस्सा पाएको पनि बयानमा स्वीकार गरेका छन्।

बिज्ञापन

उनका अनुसार दिनेश बस्नेतले उनको निर्देशनमा साथी प्रेरणा थापाको बैंक अफ काठमाडौं र कृषि विकास बैंकको खातामा ३० लाख रुपैयाँ तथा ललिता राजभण्डारीका विभिन्न बैंक खातामा ३५ लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ जम्मा गरिदिएका थिए।
सरकारी कर्मचारी भएकाले आफ्नै खातामा ठूलो रकम राख्दा समस्या आउन सक्ने सोचेर अन्य व्यक्तिका खातामा रकम राख्न लगाएको उनले बताएका छन्।

‘आर्थिक लाभको लोभमा यस्तो काम गरेँ
बयानका क्रममा खड्काले आफू आर्थिक लाभको लोभमा परेको स्वीकार गरेका छन्।“आकर्षक रकम प्राप्त हुने भएकाले आर्थिक लाभको लोभमा परी मबाट यस्तो काम भएको हो,” उनले अदालतमा दिएको बयानमा उल्लेख गरेका छन्।

उनले भेपबाट निकालिएको सुन वेदप्रकाश अग्रवालमार्फत भारतीय नागरिक साहेब रावसम्म पुगेको जानकारी पनि दिएका छन्।
भन्सार प्रशासनलाई आफैंले जानकारी दिएको दाबी
खड्काले गोदाममा राखिएको भेप साटफेर भएको विषय प्रमुख भन्सार प्रशासक र अन्य अधिकारीहरूले सोधपुछ गरेपछि आफूले दिनेश बस्नेतमार्फत सामान साटिएको र त्यसबाट रकम प्राप्त भएको जानकारी गराएको दाबी गरेका छन्।

उनका अनुसार प्रमुख भन्सार प्रशासकले सामान यथास्थितिमा फिर्ता ल्याउन निर्देशन दिएपछि दिनेश बस्नेतसँग सम्पर्क गर्दा सुन निकालेर करिब ६ करोड रुपैयाँमा बिक्री भइसकेको जानकारी पाएका थिए।
त्यसपछि आफूले सम्पूर्ण विवरण भन्सार प्रशासनलाई जानकारी गराएको र सोही आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्राचार भई अनुसन्धान सुरु भएको बयानमा उल्लेख छ।
भेपभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा भन्सार कर्मचारी, व्यवसायी तथा अन्य व्यक्तिहरूको संलग्नता सम्बन्धी अनुसन्धान र अदालती प्रक्रिया भने अझै जारी रहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एशियाली खेलकुदको पुरुषतर्फको छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिए सचिव पुष्कर

भेप प्रकरण : भन्सारका नासु रेवन्त खड्का थुनामा, बयानमा सुन बिक्रीदेखि रकम बाँडफाँडसम्मको स्वीकारोक्ति

सृजनाको रेकर्ड ब्रेक : त्रिभुवन विमानस्थल अध्यागमनको पहिलो महिला प्रमुख

सुधन गुरुङ क्लिन चिटसँगै गृहमै फर्कदैछन् ? के छ प्रतिवेदनको निष्कर्ष ?

१८ सहसचिवको जिम्मेवारी हेरफेर, १२ जना सिडिओका रूपमा जिल्लातर्फ

६ हजार कर्मचारी समयमा पुगेनन् कार्यालय,११ सयले लगाएनन तोकिएको पोशाक

६ हजार ५८ कर्मचारीद्धारा विदा दुरुपयोग,तीन दिनभित्र हाजिर अद्यावधिक नगराए कारबाही

बिशेष