६ हजार कर्मचारी समयमा पुगेनन् कार्यालय,११ सयले लगाएनन तोकिएको पोशाक

पोशाकका लागि वार्षिक १० हजार भत्ता बुझ्ने तर ‘हिरोइज्म’ देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा कार्यालय पुग्ने गरेको भन्दै त्यस्ता कर्मचारीमाथि कारवाहीको डण्डा बर्साउन सिफारिस गरिएको छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले देशभर गरेको अनुगमनको क्रममा झण्डै ७ हजार कर्मचारीहरुले नियम पालना नगरेको भन्दै तिनलाई सचेत गराउन,कारवाही गर्न सिफारिस गरेको हो । अनुगमनको क्रममा अधिकांश सरकारी कर्मचारी बाहिरी पोशाक लगाएर जाने, समयमा कार्यालय नपुग्ने गरेको भेटिएको हो । यसरी समय पालना र तोकिएको पोशाक नलगाउने कर्मचारीको संख्या सात हजारभन्दा बढी पुगेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

बिज्ञापन

केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्तदुरुस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले सातै प्रदेशमा छड्के अनुगमन टोली खटाएर सरकारी कार्यालयहरुको अनुगमन गरेको थियो । केन्द्रले कुनै प्रदेशमा उपसचिव र कुनैमा अधिकृतको नेतृत्वमा टोली खटाइएको थियो ।

बिज्ञापन

केन्द्रका अनुसार प्रदेशका मन्त्रालय, कार्यालय, आयोजना र स्थानीय तहहरूको छड्के निरीक्षण गर्न थालेको छ। सिंहदरबारमा समेत केन्द्रले नियमित छड्के हानिरहेको छ। समय पालन भए वा नभएको, कुर्सीमा बसे तथा नबसेको, तोकिएको पोशाक लगाए वा नलगाएको, तोकिएको जिम्मेवारी पूरा गरे वा नगरेको विषयमा केन्द्रले नियमित छड्के अनुगमन तिव्र पारेको जनाइएको छ । यही महिनामा मात्र दैनिक कम्तीमा १० वटा कार्यालय गई सङ्कलन गरेको विवरणका आधारमा नियम उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको जनाइएको छ ।

उक्त अनुगमनको क्रममा राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिइरहेको छ । केन्दले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ता गरेको छ । साउन यता एक हजार १३० कार्यालय अनुगमन गरेको छ । तीमध्ये छ हजार ७१० जना कर्मचारीले कार्यालय समय पालना नगरेको र एक हजार १६२ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रले जनाएको छ । कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । यस्तै, ऐनमा दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष