सशस्त्र प्रहरीका ७ डिआइजीको सरुवा, ७ जनाले पाए जिम्मेवारी

प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरी बल नेपालका सात जना डिआइजीको सरुवा तथा हालै बढुवा भएका सात जना डिआइजीको पदस्थापन गरेका छन्।

बिज्ञापन

निर्णयअनुसार काठमाडौँ उपत्यकास्थित नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयका डिआइजी सुरेश कुमार श्रेष्ठलाई सशस्त्र प्रहरी प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। त्यस्तै डिआइजी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्यूरो, दीपक अधिकारीलाई नम्बर–५ बिन्ध्याबासिनी बाहिनी, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग, विष्णु प्रसाद भट्टलाई नम्बर–२ छिन्नमस्ता बाहिनी तथा कृष्णराज पाठकलाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।

बिज्ञापन

यसैबीच, वैशाख २५ गते बढुवा भएका सात जना डिआइजीलाई पनि नयाँ जिम्मेवारी तोकिएको छ। दिग विजय सुवेदीलाई नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय, किरण बस्नेतलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय, माधवप्रसाद पौडेललाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय तथा प्रविण कँडेललाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा पदस्थापन गरिएको छ।

यस्तै, राजेश उप्रेतीलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेजको जिम्मेवारी दिइएको छ भने नेत्रबहादुर कार्कीलाई आईजी सचिवालयमा पदस्थापन गरिएको छ।

बिज्ञापन

सशस्त्र प्रहरी बलको नेतृत्व तहमा गरिएको यो हेरफेरलाई संगठनको कार्यसम्पादन, सीमा सुरक्षा, सूचना संकलन तथा प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष