निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

निजामती सेवामा कान्छी सहसचिवका रुपमा सूर्यविनायक भक्तपुरकी आरती न्यौपानेले नयाँ रेकर्ड कायम राखेकी छिन् । यस अघि कान्छा सहसचिवका रुपमा रेकर्ड राखेका प्रदीप परियार अहिले प्रधानमन्त्री वालेन शाहका निजी सचिवका रुपमा कार्यरत छन् ।परियारले कायम गरेको रेकर्ड भत्काउँदै आरती ३१ बर्षकै उमेरमा सहसचिवमा नाम निकाल्न सफल भएकी हुन ।

बिज्ञापन

यस्तै हालैमात्र लोकसेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ,आयोगले प्रशासन सेवा,नेपाल संसद सेवा,नेपाल लेखापरीक्षण सेवा,नेपाल न्याय सेवाको अन्तिम नतिजा प्रकाशन गर्दै सफल उमेद्धारहरुलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो । जस अनुसार नेपाल प्रशासन सेवाबाट चार र अन्य सेवाबाट एक एक गरी सात जना कर्मचारीहरु सहसचिव स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

आयोगद्धारा प्रकाशित नतिजा अनुसार,नेपाल न्याय सेवा,कानुन समूहबाट रौतहट स्थायी ठेगना भएकी नुतन झालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । यस्तै नेपाल प्रशासन सेवातर्फबाट झापाका विजयकुमार शर्मा र सुर्खेतका टेकबहादुर ओलीलाई नियुक्तिका लागि भूमि व्यवस्था,सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ । महिला कोटाबाट आरती न्यौपाने र पिछडिएको क्षेत्रबाट बसन्त बोहोरा सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका छन्। उता लेखापरीक्षणतर्फ नरेन्द्र सत्याल र संघीय संसदतर्फ विशाल सापकोटा नियुक्तिका लागि सिफारिस भएका छन् ।

जसमध्ये उनै आरतीले रेकर्ड ब्रेक गरेकी हुन । पूर्व सहसचिव शिवराम न्यौपानेको पुत्री आरती ३१ बर्षकै उमेरमा सहसचिवमा नाम निकाल्न सफल भएकी हुन । २०५१ साउन २० मा जन्मेकी आरती ०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेकी हुन । निजामती सेवामा प्रवेश गरेपछि सुरूका करिब साढे तीन वर्ष उनले सूर्यविनायक नगरपालिकामा अधिकृतका रूपमा काम गरिन्। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब एक वर्ष काम गरिन्। सो समयमा उनका बुवा शिवराम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिव थिए । शिवरामले बर्ष दिन अगाडिमात्र लोकसेवा आयोगबाट अवकाश पाएका हुन । आरती २०८० सालको उपसचिव हुन । र निजामती सेवामा पाइला राखेका सात बर्षमै उनी सहसचिव भएकी हुन । निजामती सेवाको विद्यमान कानुन अनुसार अधिकृत स्तरमा प्रवेश गरेको सात वर्षपछि मात्र सहसचिवका लागि प्रतिस्पर्धा गर्न पाइन्छ। सोही व्यवस्था अनुसार लोकसेवा भिडेर खुला प्रतिष्प्रर्धाबाट उनी सहसचिवमा नाम निकाल्न सफल भएकी हुन ।

बिज्ञापन

उसो त पछिल्लो समय राज्यको अंगमा युवाको हस्तक्षेपकारी भूमिका बढ्दै गएको छ । निजामती सेवामा एक लाख ३७ हजारको दरबन्दी रहेकोमा हाल सहसचिवको संख्या ६ सय ७० छ । तिनै सहसचिवमध्ये आरती न्यौपाने सम्भवतः निजामती सेवामा कान्छी सहसचिवको रुपमा रेकर्ड राख्न सफल भएकी छिन् आरती ।
आरती अहिले पर्यटन मन्त्रालयमा कार्यरत छिन्। उनका श्रीमान् अर्जुन अधिकारी परराष्ट्र मन्त्रालयमा उपसचिव छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

बिशेष