लोकसेवा आयोगले सहसचिवको परीक्षामा सामेल भएकी इन्दिरा यादवलाई योग्यताक्रमको सूचीबाट हटाएको छ । लोकसेवाका विभिन्न चरणका परीक्षाहरु पार गर्दै मामिला प्रस्तुतिकरण र अन्तर्वार्ता समेत सामेल भइसकेकी एक उमेद्धार अन्त्यमा योग्यताक्रमको सूचीबाट बाहिरिएकी छिन् । लोकसेवा आयोगले तोकेको अनुभव नपुगेको भन्दै अन्तिम समयमा आएर ती उमेद्धारलाई योग्यताक्रमबाट हटाएको हो ।
बिज्ञापन
आयोगले नेपाल न्याय सेवा,कानुन समूह मधेशी कोटाबाट सहसचिवको परीक्षामा सामेल भएकी यादवलाई सर्वाेच्च अदालतको फैसला अनुसार यादवलाई योग्यताक्रमको सूचीबाट हटाएको जनाएको छ ।आयोगले उमेद्धारको अनुभव लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९, परिच्छेद ४ विज्ञापन प्रकाशन तथा दरखास्त फारामको छानविन र स्वीकृति सम्बन्धी व्यवस्थाको दफा ११ को उपदफा (५) को खण्ड (ज) मा तोकिएको अनुभवसँग मिल्दो नदेखिएकोले दरखास्त, लिखित परीक्षाको नतिजा, मामिला प्रस्तुतीकरण र अन्तर्वार्ता समेत बदर गरी उनको नाम नाम सो सूचीबाट हटाउने निर्णय गरेको जनाएको छ ।
आयोगले सर्वोच्च अदालतको रिट नं ०८२ wo-०३८२ चैत्र १६ को अन्तरिम आदेश बमोजिम अन्तर्वार्तामा समावेश भएकोमा ८३ साल जेठ ५ को पत्रबाट रिट नं ०८२ wo ०३८२ र सो रिट निवेदनमा लगाउमा रहेका रिट निवेदन खारेज हुने संयुक्त इजलासबाट फैसला अनुसार आयोगको विज्ञापन नम्बर १६६५७ ०८२ ८३ (मधेशी), नेपाल न्याय सेवा, कानून समूह,सहसचिव वा सो सरह पदका उम्मेदवार इन्दीरा यादव (रोल नं ८७०१५१) को अनुभव मिल्दो नदेखिएको भन्दै मंगलबारको निर्णय अनुसार यादवलाई योग्यताक्रमको सूचीबाट हटाइएको जनाएको छ ।



































