सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

लोकसेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा सार्वनजनिक गरेको छ । आयोगले विभिन्न मितिमा लिइएको नेपाल प्रशासन सेवा,नेपाल संसद सेवा,नेपाल लेखापरीक्षण सेवा,नेपाल न्याय सेवाको अन्तिम नतिजा प्रकाशन गर्दै सफल उमेद्धारहरुलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिज्ञापन

जस अनुसार नेपाल प्रशासन सेवाबाट दुई र अन्य सेवाबाट एक एक गरी पाँच जना कर्मचारीहरु सहसचिव स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

आयोगद्धारा प्रकाशित नतिजा अनुसार,नेपाल न्याय सेवा,कानुन समूहबाट रौतहट स्थायी ठेगना भएकी नुतन झालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । यस्तै नेपाल प्रशासन सेवातर्फबाट झापाका विजयकुमार शर्मा र सुर्खेतका टेकबहादुर ओलीलाई नियुक्तिका लागि भूमि व्यवस्था,सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।
उता लेखापरीक्षणतर्फ नरेन्द्र सत्याल र संघीय संसदतर्फ विशाल सापकोटा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको ‘डिजिटल डकुमेन्ट एक्सेस सेवा”

सरकारी साक्षीलाई अख्तियारले बनायो प्रतिवादी

मन्त्रिपरिषद् बैठकका सात निर्णय :ऐन,नियमावली संशोधनदेखि वैदेशिक अनुदान स्वीकारसम्म

सेवोन अध्यक्षका लागि चार जना सर्टलिष्टमा

संसदीय सुनुवाई,अनुमोदन,शपथदेखि पदभार एकै दिन

६ सहसचिव र दुई उपसचिवको सरुवा,कारागारका महानिर्देशक फेरिए

बिशेष