लोकसेवा आयोगले प्रदेशका कर्मचारीलाई समान तह र पदमा संघमा जान रोक लगाएको छ । स्थानीय तह र प्रदेशमा कार्यरत कर्मचारीहरु समान तह र पदमा खुलेको संघीय विज्ञापनमा समेत भाग लिन पाउँदैनन् । यसरी समान तह र पदमा खुलेका विज्ञापनमा सहभागी भएर लिखित परीक्षा पास भए पनि अन्तर्वार्ताको सूचीबाटै उनीहरुको नाम हटाइने गरेको छ । त्यसकै पछिल्लो उदाहरण बनेका छन्,योगेन्द्र प्रसाद भट्ट । आयोगले हालैमात्र सूदुरपश्चिम प्रदेश,प्रदेश स्वास्थ्य सेवा,हेल्थ इक्फेक्सन समूह नवौं तहमा कार्यरत रहेका भट्टलाई नेपाल स्वास्थ्य सेवा,हेल्थ इन्फेक्सन समूह नवौं तहको जनस्वास्थ्य प्रशासक पदमा आउन रोक लगाएको हो ।
बिज्ञापन
लोक सेवा आयोगले लिखित परीक्षा पार गरी अन्र्तवार्ताका लागि छनौंट भएका भट्ट सुदूरपश्चिम प्रदेश, प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक समान तहको पदमा मिति २०८१ माघ १८ मा सिफारिस भई नियुक्ति लिई कार्यरत रहेको २०८२ माघ २३ को नियुक्ति पत्रबाट पुष्टि भएको खुलेसँगै उम्मेदवारको नाम अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट हटाएको छ ।
केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९- ०८२/८३ आन्तरिक प्रतिष्प्रर्धाबाट नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा आयोगको सूचना नं २१७८- ०८२/ ८३, मिति २०८३ वैशाख १५ मा प्रकाशित लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताका लागि छनोट भएका रोल नम्बर ८७००६० का उम्मेदवार योगेशप्रसाद भट्टलाई अन्तर्वार्ता सूचीबाट हटाइएको हो ।

बिज्ञापन
आयोगले भट्ट समान तहको विज्ञापन नम्बर १७२३९- ०८२/ ८३ (आप्र) स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार कायम राख्न नमिल्ने देखिएको भन्दै लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा ३ बमोजिम भट्टको दरखास्त र परीक्षा समेत बदर गरी अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट नाम हटाइएको आयोगले स्पष्ट पारेको छ ।



































