आइतबारे बिदाको सट्टा हिउँदे बिदा कट्टा

सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ ।

बिज्ञापन

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । जस अनुसार, हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार ७७ वटै शिक्षा, विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

बिज्ञापन

जस अनुसार अब प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्ने छ । यस्तै,सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । यस्तै,पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिनेछ । यस्तै,अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ ।

मन्त्रीपरिषद्को गत चैत २२ गतेको बैठकले सरकारी बिदा एक सातामा दुई दिन दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका सन्दर्भमा केन्द्रले मङ्गलबार बिदा कटौतीसहित छ बुँदा समेटिएको परिपत्र गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबारे बिदाको सट्टा हिउँदे बिदा कट्टा

खोसियो कर्मचारीको दूध र घ्यूको सुविधा

चार महिनामै सचिव पदबाट पदमुक्त भए राइ

भ्रष्टाचार मुद्धामा सहसचिव गुरुङलाई सफाइ

सामान्यका सहसचिव बर्षदिनदेखि सम्पर्कविहिन

अघि बढ्यो राजस्व अनुसन्धान विभाग खारेजी प्रक्रिया

शैक्षिक वृत्ति पाएका २८ जनाले बीचमै छाडे पढाई, सामान्यले व्याजसहित फिर्ता माग्यो पैसा

ट्रेड युनियनमाथि आक्रमण नगर्न प्रचण्डको चेतावनी

बिशेष