निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सरकारले संघीय निजामती सेवाअन्तरगत सूचना प्रविधि (आईटी) सेवा लाई छुट्टै सेवाका रूपमा राख्न प्रस्ताव गरेको छ । हिजो सार्वजनिक भएको विद्येयकको मस्यौदामा विद्येयकको परिच्छेद २ मा यस्तो प्रस्ताव राखिएको हो । जहाँ नेपाल सूचना प्रविधि सेवा’ पनि राख्न प्रस्ताव गरिएको छ । पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढाएको र त्यसकै आधारमा निजामती सेवामा सूचना प्रविधि समूह थप गर्न प्रस्ताव गरिएको हो ।

बिज्ञापन

हाल निजामती सेवा ऐनमा प्रशासन,लेखा,आर्थिक योजना तथा तथ्यांक सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, न्याय सेवा, परराष्ट्र सेवा, लेखापरीक्षण सेवा, वन सेवा, शिक्षा सेवा र विविध सेवा रहेका छन् । विद्येयकको मस्यौदामा नेपाल सूचना प्रविधि सेवा पनि रहने प्रस्ताव गरिएको छ । विधेयकमा हाल विविधि सेवामा तोकिएका पदहरुमा बाहल रहेका नेपाल सूचना प्रविधि सेवामा समूहकृत हुने व्यवस्था प्रस्ताव गरिएको छ । तर यो सेवाबाट सचिव भने बन्न पाइने छैन ।

बिज्ञापन

विधेयकमा १३औं तहसम्म नै सेवा विशिष्टीकरण गर्ने प्रयोजनका लागि इन्जिनियरिङ, कृषि तथा वन सेवा, न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको मात्रै समूहीकरण गरिने प्रस्ताव छ । सूचना प्रविधि सेवाबाट विशिष्ट श्रेणीमा पदोन्नति हुन नसक्ने गरी यस्तो प्रस्ताव गरिएको हो । अर्थात नेपाल प्रशासन,नेपाल इन्जिनियरिङ,नेपाल कृषि,वन,परराष्ट्र,न्याय सेवाबाट मात्र सचिव हुने व्यवस्था राखिएको छ । तर,नेपाल वन सेवा,आर्थिक योजना तथा तथ्यांक सेवा,विविध सेवा,शिक्षा सेवा,सूचना प्रविधि सेवाबाट भने सचिव हुने छैनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

बिशेष