आयल निगममा डिपो प्रमुखहरूको सरुवा

नेपाल आयल निगम व्यवस्थापनले सोमबार साँझ देशभरका अधिकांश हवाई इन्धन कार्यालयका प्रमुखहरूको व्यापक सरुवा गर्ने निर्णय गरेको छ। निगमले हवाई इन्धन व्यवस्थापनसँग सम्बन्धित विभिन्न डिपो र कार्यालयमा कार्यरत प्रमुखहरूलाई स्थानान्तरण गर्ने निर्णय गर्दै नयाँ सूचीसमेत सार्वजनिक गरेको हो।

बिज्ञापन

निगम स्रोतका अनुसार सरुवाअनुसार धनुषाको महेन्द्रनगरमा राजेश सिलवाल र दिपायल शाखा कार्यालय प्रमुखमा उर्मिला गिरीलाई पठाइएको छ। त्यस्तै देशका प्रमुख हवाई इन्धन डिपोमध्ये ६ स्थानका प्रमुखसमेत फेरिएका छन्। खेमराज काफ्लेलाई जनकपुर विमानस्थलस्थित हवाइ इन्धन कार्यालय प्रमुख बनाएर पठाइएको छ ।

बिज्ञापन

सरुवाअनुसार नेपालगञ्ज हवाई इन्धन डिपोमा खगेन्द्रप्रसाद अधिकारी, विराटनगरमा चित्र लम्तरी मगर, भद्रपुरमा संजय दाहाल, मन्थलीमा गोविन्द गिरी, भैरहवामा प्रशान्त भट्टराई र जनकपुरमा काफ्ले सरुवा भएका छन्। भैरहवास्थित पेट्रोल पम्प प्रमुखमा भने चिन्तन कोइरालालाई जिम्मेवारी दिइएको छ।

यस्तै, केही कर्मचारीहरूलाई विभिन्न शाखाबाट मुख्य कार्यालयमा फिर्ता बोलाइएको छ। गुणस्तर विभागबाट रन्जित कबाडी, प्रशासनबाट मोहनविक्रम खड्का, इन्जिनियरिङ शाखाबाट जयप्रकाश शाह र सन्दिप हिमाल, सिनामंगलबाट भरतमण्डल तथा कर्मचारी कार्यालयबाट राजु श्रेष्ठलाई फिर्ता गरिएको निगमले जनाएको छ।

बिज्ञापन

यसैबीच निगमको सबैभन्दा ठूलो इन्धन भण्डारण केन्द्र अमलेखगञ्ज डिपोमा पनि प्रमुख परिवर्तनको तयारी गरिएको थियो। हाल कार्यरत प्रमुख प्रलयंकर आचार्यले सरुवा माग गरेपछि त्यहाँ नयाँ कर्मचारी पठाउने तयारी गरिएको हो।

सोही अनुसार तह र सेवा समूह मिलाएर १०औँ तहका इन्जिनियर अशोक साहलाई सोमबार साँझ नै डिपो प्रमुखका रूपमा पठाउने निर्णय गरिएको थियो। तर साहले तत्काल डिपो प्रमुखको जिम्मेवारी लिएर अन्यत्र नजाने जानकारी गराएपछि उक्त निर्णय हालका लागि रोकिएको स्रोतले जनाएको छ।

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष