सीताको संघर्ष र सफलता :- ९ महिनामै लोकसेवाका आठ परीक्षा उत्र्तीण

सपनालाई पछ्याउँदै मिहिनेतको जाँतोमा दिनरात घोँटिनेहरूले एक दिन सफनालाई विपनामा परिणत गराएरै छाड्छन् । यही भनाइलाई पुष्टि गरेकी छिन्,उनले ।

बिज्ञापन

सरकारी सेवामा प्रवेश गर्नका लागि फलामे ढोका मानिने लोकसेवाको परीक्षा भिडेर एकै बर्षमा आठ वटा परीक्षा पास गरेकी छिन् सीता पोखरेलले । प्युठानको झिमरुक गाउँपालिका वडा नं ७, तुषाराकी सीताको सङ्घर्ष, आत्मविश्वास र निरन्तर प्रयासले उनले एकै बर्षमा लोकसेवाका आठ वटा परीक्षा पार गरेकी हुन । उमेरले ३० बर्षमा टेकेकी सीताले निरन्तरको मिहिनेत र लगनशीलताको बलमा आफ्नो आफ्नो सपना पूरा गरेकी छिन्,त्यो पनि एकै वर्षमा लोकसेवा आयोगले लिएका आठ वटा परीक्षा उत्तीर्ण गरेर ‘चमत्कार’ नै गरेको कारण अहिले चर्चामा छिन्,उनी ।

बिज्ञापन

सरकारी स्कूलमा पढेकी विद्यालय तहको शिक्षा प्युठानमै पूरा गरेर प्लस टु पाल्पाबाट, ब्याचलर दाङबाट र मास्टर्स काठमाडौंबाट पूरा गरेकी उनले एक आर्थिक बर्षमै ८ ८ वटा लोकसेवाको विज्ञापनमा सफलता हात पारेकी हुन । सीताले नेपाल आयल निगमको छैटौँ तह, नेपाल नागरिक उड्डयन प्राधिकरण (प्राविधिक) पाँचौँ तह, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ तह, राष्ट्रिय परीक्षा बोर्डको छैटौँ तह, त्रिभुवन विश्वविद्यालय सेवा आयोगको छैटौँ तह, गुठी संस्थानको छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण (प्राविधिक) सातौँ तह,काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको छैटौँ तहका गरी लोकसेवाका आठ आठ वटा परीक्षा एकै बर्षमा पार लगाउन सफल भएकी सीता हाल बागमती प्रदेशको रामेछाप जिल्लामा नेपाल विद्युत प्राधिकरणमा प्रशासन प्रमुख (प्रशासकीय अधिकृत) का रूपमा कार्यरत छन्।

नौ महिनाको स्वअध्ययनबाट आठ वटा लोकसेवा आयोगका परीक्षा उत्तीर्ण गरेर असाधारण सफलता हासिल गरेकी छन् । कुनै तयारी कक्षा नलिई, घरमै बसेर प्रविधिको प्रयोग गर्दै पढाइ अघि बढाउने उनको यात्रा अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । उनको श्रीमान् माधवमणि पौडेल कानुन मन्त्रालयमा सुब्बा पदमा कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष