अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र अर्काे लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी विचौलिया खगेन्द्र पौडेलविरुद्ध सेवाग्राहीसँग घुस अर्थात रिसवत लिएको आरोपमा बिहिवार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अनुसन्धानका क्रममा आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको थियो ।अधिकृत भेटुवाल र बिचौलिया पौडेलको आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको अख्तियारले जनाएको छ। आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय रुपैयाँ नै बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

निजामती सन्तती छात्रवृत्तिको नतिजा सार्वजनिक : ७९३ छनौंट,५५ को आवेदन अस्वीकार

दोहोरो सुविधा काट्दै सरकारको ‘गाडी फिर्ता’ अभियान तीव्र, ७०१ सवारी नियन्त्रणमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले बैंक छोडे

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

बिशेष