२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिइ) कल्पना अधिकारीलाई काँकडभिट्टा–लौकही पूर्वी खण्डमा पठाउने तयारी भएको छ। मन्त्रालय स्रोतका अनुसार आगामी एक–दुई दिनभित्रै उनलाई उक्त परियोजनामा खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।

बिज्ञापन

सामान्यतया सडक विभागका सिडिइहरूको नियमित सरुवा भदौ महिनामा हुने व्यवस्था भए पनि अधिकारी भने प्रायः चैत–वैशाखमै सरुवा भएर महत्त्वपूर्ण आयोजनामा पुग्ने गरेको भन्दै मन्त्रालयभित्र उनको प्रभावबारे चर्चा हुने गरेको छ।

बिज्ञापन

काँकडभिट्टादेखि केर्खासम्म करिब ४५ किलोमिटर सडक निर्माणको काम अहिले कालिका कन्स्ट्रक्सन र चिनियाँ कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मार्फत अघि बढिरहेको छ। स्रोतका अनुसार करिब १० अर्ब रुपैयाँ बराबरको सडक र करिब ६ अर्ब ५० करोड रुपैयाँ बराबरका पुल निर्माणको ठेक्का रहेको यो परियोजनाको कुल लागत झन्डै २० अर्ब रुपैयाँ छ।

मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उक्त आयोजनामा अधिकारीलाई पठाउनका लागि कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेले समेत लबिङ गरिरहेको चर्चा छ। यसअघि कालीगण्डकी करिडोरमा कार्यरत रहँदा अधिकारीले पाण्डे नेतृत्वको निर्माण कम्पनीलाई विभिन्न काममा सहजीकरण गरेको भन्दै अहिले पनि उनलाई पूर्वी खण्डमा ल्याउन प्रयास भइरहेको बताइन्छ।

बिज्ञापन

अधिकारीले भने यसअघि नै करिब २० अर्ब रुपैयाँ बराबरको यस परियोजनामा जान चासो देखाउँदै आएकी थिइन्। मन्त्रालय स्रोतका अनुसार अहिले उनलाई काँकडभिट्टा–लौकही खण्डमा पठाउने तयारी लगभग निश्चित जस्तै भइसकेको छ।

यसअघि पनि उनी ठूला परियोजनामा सरुवा भएर पुगेको घटनाले चर्चा पाएको थियो। मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा खण्डमा करिब ४ अर्ब रुपैयाँ बराबरको ठेक्का लागेपछि अधिकारीले चासो देखाएको र त्यहाँ कार्यरत सिडिइलाई चैत महिनामै हटाएर आफू पुगेको आरोप मन्त्रालयभित्र उठ्ने गरेको छ।

त्यतिबेला तत्कालीन सचिव रविन्द्र श्रेष्ठले यस्तो चलन रोक्ने प्रयास गरेका थिए। तर केही समयपछि मन्त्रालयको नेतृत्व सम्हालेका सचिव केशव शर्माले अधिकारीलाई पोखरा पठाउने निर्णय गरेको बताइन्छ।

कालीगण्डकी करिडोरमा पनि उनी लगातार तीनपटक डिभिजन प्रमुख बनेर बसेको मन्त्रालय स्रोतको दाबी छ। पाल्पास्थित कार्यालयमा तत्कालीन प्रमुख शंकर पौडेल कार्यरत रहेका बेला उनलाई चैत महिनामै त्यहाँबाट हटाएर अधिकारीलाई नेतृत्व दिइएको थियो।

उक्त कार्यालयमा कार्यकालका क्रममा भुक्तानी प्रक्रियामा समेत विवाद भएको चर्चा मन्त्रालयमा अझै सुनिन्छ। स्रोतका अनुसार अन्तिम भुक्तानीको समयमा उनले कार्यालयको खाता नै रोक्न लगाएको र लेखा अधिकृत रहेका आफन्तमार्फत कुनै भुक्तानी नगर्न निर्देशन दिएको आरोप लाग्ने गरेको छ। त्यसपछि आफू कार्यालय प्रमुख बनेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाइएको र त्यस क्रममा ठूलो कमिसन लिएको आरोपसमेत मन्त्रालयभित्रै चर्चामा रहेको स्रोतले जनाएको छ।

हाल भने अधिकारी काँकडभिट्टा–लौकही सडक आयोजनामा पुग्ने तयारीमा जुटेको बताइन्छ। मन्त्रालय स्रोतका अनुसार सचिव केशव शर्मा चैत ९ गते अनिवार्य अवकाशमा जानुअघि नै उनलाई उक्त परियोजनामा पठाउने निर्णय गरिने तयारी भइरहेको छ।

यस विषयमा मन्त्रालयले भने औपचारिक प्रतिक्रिया दिएको छैन। तर मन्त्रालयभित्र भने ठूलो बजेट भएका आयोजनामा सिडिइ अधिकारीको सरुवा र प्रभावबारे व्यापक चर्चा भइरहेको छ।

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

बिशेष