निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो मन्त्रालय मातहतका निकायबाट भएका कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रहरीका एआइजीबाट अवकाश पाएका मन्त्री भण्डारीले निजामती कर्मचारी र तिनका कार्यसम्पादनप्रति असन्तृष्टिर्कै कारण हुन पर्दछ मन्त्रालय र विभागमा प्रहरीको टुकडी नै राखेका छन् । उनै मन्त्री भण्डारीले आज मन्त्रालय मातहतका निकायबाट भएका कामकारवाही जनमूखी हुन नसकेको र सेवाग्राहीहरुले गुनासो गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । श्रम क्षेत्रमा आफू अनुकुलको कार्यविधि बनाउँदै सिण्डिकेट खडा गरेको र श्रमिकमैत्री बन्न नसकेको उनले बताए ।

बिज्ञापन

मन्त्री भण्डारीले अबको महिना दिनभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरू तोड्ने दाबी गर्दै श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीसँग जोडिएको फ्री भिसा र फ्री टिकटको व्यवस्था समस्याको रूपमा देखापरेको बताए । बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्री भिसा र फ्री टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छली र संगठित अपराधलाई बढावा दिएको उनको दाबी छ ।

मन्त्री भण्डारीले मन्त्रालयले नै श्रम स्वीकृतमार्फत विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र अभिमुखीकरण तालिम पनि सञ्चालन गर्ने व्यवस्था ल्याउने बताए । मन्त्री भण्डारीले भने,वैदेशिक रोजगारसँग जोडिएको फ्री भिसा, फ्री टिकटको विषय पनि समस्याको रूपमा देखिएको छ । हेर्दा सुन्दा राम्रो लागे पनि त्यसले राजस्व चुहावटदेखि लिएर कर छली र संगठित अपराधहरू यसको माध्यमबाट भइरहेका छन् । त्यसकारण यस्ता प्रकारका पपुलिस्ट मुद्दालाई लिएर कहिलेसम्म हामी गुमराहमा पर्ने ? त्यसकारण यसलाई खारेज गरौँ ।’

बिज्ञापन

कार्यक्रममा मन्त्रालय मातहतका विभाग र शाखाका प्रतिनिधिले आ–आफ्नो निकायमा पुस महिनासम्म भएको कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए । सचिव दीपक काफ्लेले मन्त्रालयले हालसम्म चालु आवमा १६ प्रतिशतभन्दा पनि बढी बजेट खर्च नगरेकाले विभागहरुले कार्यक्रम सञ्चालनमा तीव्रता बढाउन निर्देशन दिएका थिए ।

श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष