हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

एन्टिना घनश्याम/काठमाडौं
काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–२ मा रहेको हिमशृङ्खला एकेडेमीको ३१औँ स्थापना दिवस विद्यालय परिसरमै विविध कार्यक्रमसहित सम्पन्न भएको छ।

बिज्ञापन

वि.सं. २०५२ साल माघ २ गते तीन जनाको छलफलबाट स्थापना भएको उक्त विद्यालयको स्थापना दिवस समारोह नेपाल संस्कृत विश्वविद्यालय, दाङका प्राध्यापक माधव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष दिपेन्द्र लामाले उपस्थित सम्पूर्ण अतिथिहरू, अभिभावक तथा शिक्षक–कर्मचारीलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। त्यसै अवसरमा हिमशृङ्खला स्कुलका संस्थापक प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले विद्यालयको स्थापनाकालदेखि हालसम्मका सम्पूर्ण शैक्षिक तथा सह–शैक्षिक गतिविधिहरू डिजिटल माध्यममार्फत प्रतिवेदन प्रस्तुत गर्नुभयो।

बिज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. ऋषिराम पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरू रमेशप्रकाश ढुङ्गेल र अशोक रानामगरलाई सम्मानसमेत गरिएको थियो। शिक्षासेवी अर्जुन दंगालले सञ्चालन गर्नुभएको समारोहमा सयौँ अभिभावकको उपस्थितिमा विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा लगायत वक्ताहरूले हिमशृङ्खला स्कुलको शैक्षिक योगदानको खुलेर प्रशंसा गरेका थिए।

बिज्ञापन

यसैगरी, विद्यालयले २० वर्षभन्दा बढी तथा १० वर्षभन्दा बढी समय अध्यापन गरेका शिक्षक–शिक्षिकाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदरसमेत गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

धाक, धम्की र दलालीको अन्त्य: कर्मचारीकै मुखबाट ट्रेड युनियनको कालो पाटो

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

बिशेष