वैदेशिक रोजगार विभागमा भाइ–दिदी भित्र्याउँदै महानिर्देशक

काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार विभाग पछिल्लो समय परिवारवाद र पक्षपात को केन्द्र बन्दै गएको आरोप लागेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीको उद्देश्य विभागमा सुधार ल्याई सेवा प्रवाहलाई चुस्त बनाउने भए पनि, विभागकी महानिर्देशक मिरा आचार्य सुधारभन्दा पनि परिवार र नजिकका व्यक्तिलाई जिम्मेवारी दिनमै व्यस्त रहेको गुनासो बढ्दै गएको छ।

बिज्ञापन

पुष ९ गते विभागको नेतृत्व सम्हालेकी महानिर्देशक आचार्यले पदभार ग्रहण गरेलगत्तै उपसचिवहरू लवराज जोशी र उपेन्द्रराज पौडेलको नाम सामान्य प्रशासन मन्त्रालयमा पठाई सरुवा गराएको आरोप छ। त्यस्तै, उपसचिव टिकाराम ढकाललाई भोलिपल्टै रमना दिई ईपीएस कोरिया शाखामा पठाइएको बताइएको छ।

बिज्ञापन

आरोप अनुसार, विभागभित्र कार्यरत आफ्नी ठूलीआमाकी छोरी (दिदी) बिन्दा आचार्य भट्टराईलाई प्रशासन शाखाको जिम्मेवारी दिइएको छ। साथै, पौष १८ गतेको निर्णयअनुसार कृष्णाकुमारी गौलीलाई राहत उद्धार शाखा, राजेश्वरी खत्रीलाई जीटुजी तथा अनुगमन शाखा र खिलराज राईलाई श्रम शाखाको जिम्मेवारी तोकिएको छ।

यति मात्र होइन, हालै महानिर्देशक आचार्यले आफ्ना भाइ नाता पर्ने पर्यटन मन्त्रालयमा कार्यरत नायब सुब्बा चिरन आचार्यलाई काजमा विभागमा भित्र्याएको आरोप पनि लागेको छ। तत्कालीन समयमा उनलाई मेरा आचार्यकै जोडबलमा विभाग पठाएकी थिइन्। नासु आचार्य यसअघि व्यक्तिगत श्रम स्वीकृति शाखामा रहँदा विभाग बदनाम भएको भन्दै तत्कालीन समयमा संसदमा पूर्वमन्त्री डोलप्रसाद अर्यालले “वैदेशिक रोजगार विभागमा दैनिक ७० लाख रुपैयाँ घुस असुली हुन्छ” भनेर बोलेको प्रसंग समेत स्मरण गरिँदै आएको छ।

बिज्ञापन

पूर्व महानिर्देशक सूर्य खत्रीको कार्यकालमा विभाग बदनाम हुनुमा चिरन आचार्यको भूमिका रहेको आरोपसमेत सार्वजनिक रूपमा उठ्दै आएको थियो। त्यही व्यक्ति पुनः विभागमा ल्याइनुले सुधारभन्दा परिवारवादलाई प्राथमिकता दिइएको भन्ने आरोपलाई बल पुगेको सरोकारवालाहरू बताउँछन्।

बैरोमा क्युआर कोडबाटै घुस,सुव्वासँग को- को बेखुस ?

मन्त्रीको चाहना विभागको छवि सुधार र सेवाग्राहीमैत्री प्रशासन भए पनि, वर्तमान नेतृत्वको कदमले विभागभित्र असन्तोष र प्रश्नहरू बढाएको छ। अब यस विषयमा मन्त्रालय र सम्बन्धित निकायले के कदम चाल्छन् भन्ने चासो बढ्दै गएको छ। त्यस्तै उनी अनुगमन शाखामा बसेर तर मारिसकेका नासु हुन् । उनैलाई सचिवालयमा राख्नको लागि भित्र्याएको स्रोतको दाबी छ।

यो पनि पढ्नुहोस्।

वैदेशिक रोजगार विभागको महानिर्देशक बन्दै मीरा अचार्य

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

महानिर्देशक मीरालाई प्रशासकीय अदालतको झापड : दुई उपसचिवको सरुवा बदर

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष