बैरोमा क्युआर कोडबाटै घुस,सुव्वासँग को- को बेखुस ?

कर्मचारीहरुले क्युआर कोडबाटै घुस खाने गरेको म्यानपावर व्यवसायीहरुले बताएका छन् । यसरी खुलेआम घुसको कारोवार हुने गरेको कार्यालय हो ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय ।

बिज्ञापन

मालपोत हुँदै अर्काे मालदार मानिएको बैरो कार्यालयमा केही महिना अगाडि पुगेका एक नायब सुव्वा यो मामलामा सबैभन्दा अगाडि रहेको म्यानपावर व्यवसायीहरुको भनाई रहेको छ ।

बिज्ञापन

कर्मचारीमाझ चर्चित विचौलियाका रुपमा चित्रित्र उदयपुरका प्रमोद खड्काका निकटका कर्मचारी हुन,प्रमोद अधिकारी । उनी पनि सोही जिल्लावासी । विचौलियाको साथ भएकै कारण रोज्जा र खोजेकै कार्यालयमा बस्ने अवसर पाइरहेका उनको कर्मचारी संकेत नम्बर २०३१४३ रहेका उनी यस अघि भक्तपुर मालपोतको मुद्धा शाखा ‘ख’ मा कार्यरत थिए । त्यहाँ दुई बर्ष बसेर अहिले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा पुगेका छन् ।

उनी सरुवा मिलाएर मालपोतबाट वैदेशिक रोजगार कार्यालयमा गएपछि आफ्ना दाई खिलराज अधिकारीलाई भक्तपुर मालपोतमै लैजाने चाजोपाँचो मिलाएका छन् । उनका दाजु अहिले मालपोतको रजिस्ट्रेशन शाखामा कार्यरत रहेका छन् ।

बिज्ञापन

भक्तपुर मालपोतका कर्मचारीहरुका अनुसार,मालपोतमा कार्यरत रहँदा विचौलिया  प्रमोदको इशारामा काम गर्दै आएका थिए । वैदेशिक रोजगार कार्यालयमा व्यक्तिगत श्रम स्वीकृति शाखामा कार्यरत छन् । अहिले आठ सय भन्दा बढी म्यानपावर कम्पनी रहेका छन् । म्यानपावर व्यवसायीहरुका अनुसार उनीहरुलाई सबैभन्दा बढी दुख दिनेमा उनै सुव्वा अधिकारीको नाम अग्रपक्तिंमा आउँछ ।

पछिल्लो समय उक्त कार्यालय नै घुसघोरीको अड्डा बनेको र दैनिक ७० लाखसम्म घुस असुल हुने गरेको बिषय संसदसम्म पुगेपछि तत्कालीन महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालयमा तानेर त्यहाँ जीवलाल भुसाललाई पठाइएको थियो । भुसाल जान नमानेपछि अहिले कमल भट्टराई त्यहाँका डिजी छन् ।तत्कालीन डिजीको सेटै परिवर्तन हुँदा समेत अधिकारीलाई भने चलाइएन ।

अधिकारीले विगतको कमाउ धन्दा जारी राखेका छन् । व्यवसायीहका अनुसार,पैसा नपाएमा सबै प्रक्रिया पूरा गरेका कामदारको समेत श्रम स्वीकृति रोक्ने गरेको र रकम पाएमा कागजात पूरा नभएका कामदारको पनि श्रम स्वीकृति दिने गुनासो गर्दछन् ।
श्रम स्वीकृति लिनका लागि अनलाइनमार्फत नै काम हुने भनिए पनि श्रम स्वीकृति पैसा नपाइ नदिने गर्ने गरेको गुनासो व्यवसायीहरुले गर्ने गरेका छन् । विभिन्न एजेन्टमार्फत नगद वा अनधिकृत व्यक्तिको क्यु आर कोडमा अग्रिम अर्थात् प्रिपेड रकम भुक्तानी भएपछि मात्रै श्रम स्वीकृति दिने गरिएको बताइएको छ । विशेष गरि जापान, कतार, मलेसिया, साउदी अरेबिया, अल्बानिया, मौरिसस, चिली, पुलाउ, अजरवैजान, क्यामन जस्ता मुलुकहरुमा ठूलो मात्रामा रकम उठाउने गरिएको व्यवसायीहरु बताउँछन् ।
यो बिषयमा अधिकारीसँग जिज्ञासा राख्दा आफू गृह अन्तरगतको कार्यलयमा कार्यरत रहँदा प्रमोद खड्कासँग सम्बन्ध र चिनजान भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष