महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

संघीय मामिला सामान्य प्रशासन मन्त्रालय आफैले गरेको सरुवाको मसी नसुक्दै उपसचिवको सरुवा उल्टाएको भेटिएको छ ।

बिज्ञापन

मन्त्रालयले यस अघि गत पुस ४ र ६ गतेको निर्णय अनुसार केही उपसचिव र शाखा अधिकृतहरुको सरुवा गर्दा उपसचिव कृष्ण कुमारी गौलीलाई अख्तियारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेको थियो । उनै गौलीलाई ११ गतको सरुवा निर्णय हुँदा श्रम मन्त्रालयमा खटाइएको छ । यस्तै,गत कार्तिक २३ गते राजेश्वरी खत्री सापकोटालाई रामेछाप नगरपालिकाबाट जिल्ला समन्वय समिति रामेछापमा खटाइएकोमा डेढ महिना नबित्दै सामान्यको प्रशासनको अतिरिक्त समूहमा तानेर उनलाई पनि श्रम मन्त्रालयमा खटाइएको छ,अस्ति ११ गतेको निर्णय अनुसार । सापकोटा यस अघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रामेछाप नगरपालिका, जिल्ला समन्वय समितिको कार्यालय, दोलखामा हुँदै सामान्यको अतिरिक्तमा तानेर उनलाई पनि श्रम मन्त्रालयमा पठाइएको हो ।

बिज्ञापन

यी दुबै महिला उपसचिवलाई अब बैदेशिक रोजगार विभाग पठाउने तयारी छ । त्यसका लागि विभागबाट दुई पुरुष कर्मचारीहरु निकालिसकिएको छ । अस्तिको सरुवाको सूचीमा विभागका उपसचिव लवराज जोशीलाई सामान्यको अतिरिक्त र उपेन्द्रराज पौड्याललाई गृहमा तानेर त्यहाँ महिला कर्मचारीको टिम बनाउन खोजिएको छ ।

वैदेशिक रोजगार विभागको नेतृत्व मीरा अचार्यले सम्हाल्न थालेकी छिन् । गत ९ पुसमा वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव मिरा आचार्यलाई नियुक्त पाएकी उनी विभागको पहिलो महिला महानिर्देशक समेत हुन ।

बिज्ञापन

लामो समय संघीय मामिला तथा सामान्य प्रशासनमा रहेकी सहसचिव आचार्यलाई प्रधानमन्त्रीकै चाहना अनुसार विभागमा लगिएको थियो । उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएसँगै त्यहाँका पुरुष कर्मचारीहरुलाई सरुवा गरेर धमाधम महिला उपसचिवहरुलाई भित्र्याएर महिला टिम बनाउन थालिएकी हो । त्यहाँ अब आज भोलिमै उपसचिवद्धय गौली र खत्री सापकोटालाई विभागमा पठाएर त्यहाँ महिला कर्मचारीको टिम बनाउन खोजिएको बुझिएको छ ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासनमा चन्द्रकला पौडेललाई जिम्मेवारी दिएर पहिलो सामान्य प्रशासनको महिला सचिवमात्र बनाइएन त्यहाँ महिला सहसचिवसहितको टिम बनाइएको थियो । उसो त देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले पहिलो महिला महान्यायधिवक्ता सबिता भण्डारीलाई जिम्मेवारी दिएकी हुन । उनी विवादै विवादमा मुछिँदा सुशीला समेत विवादित बन्न पुगेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष