विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न सहसचिव मिरा आचार्यले तीव्र दौडधुप गरिरहेको स्रोतले जनाएको छ। सबैभन्दा बढी विवादमा पर्ने सरकारी निकायमध्ये एक मानिने उक्त विभागको नेतृत्व हडप्न उनी पछिल्ला ८–१० दिनदेखि सक्रिय देखिएकी हुन्। सोही क्रममा उनी श्रम मन्त्रालयसम्म पहुँच बनाउन सफल भएकी छन्। बिज्ञापन