निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि लोकसेवा आयोगले उपसचिवस्तरको परीक्षा रोकेको छ। बिहीबार सूचना जारी गर्दै आयोगले उपसचिवस्तरको परीक्षा स्थगित गरिएको जानकारी गराएको हो। परीक्षाको अर्को तालिका अर्को सूचनामार्फत जानकारी गराइने आयोगको भनाइ छ।

बिज्ञापन

त्यस्तै चैतमा तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षा पनि मतपत्र छपाइका कारण सार्ने तयारी गरिएको छ। मत पत्र छपाईका साथै शिक्षकहरु समेत मतदान स्थलमा हुने तथा मतदाता शिक्षामा खटिने भएकाले चैतमा हुने एसईई परीक्षा पनि केही समय पछाडि धकेलिने निश्चित भएको छ। यस विषयमा माघ पहिलो सातासम्म केही न केही निर्णय गरिने बोर्डले जानकारी दिएको छ।

बिज्ञापन

त्यस्तै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत भदौमा खुलाएको विज्ञापनको परीक्षा तालिका अहिले धमाधम सार्वजनिक गरिरहेको छ। विश्वविद्यालयको सेवा आयोगमा सहभागी पनि कुनै न कुनै पेशामा आबद्ध छन्। कोही टिचिङमै, कोही बैंकिङ क्षेत्रमा व्यस्त छन्। कोही निजामति क्षेत्रका कर्मचारीले पनि त्रिवि सेवाको परीक्षामा सहभागी हुन तयारी गरिरहेका छन्। निर्वाचन आयोगले निर्वाचनको बेला बैंकिङदेखि निजामति कर्मचारीसम्म सबैलाई निर्वाचनमा खटाउने तयारी गरेको छ।

त्यसैकारण बिहीबार सूचना निकाले उपसचिवको परीक्षा स्थगित गराएको हो। तर, यही सेरोफेरोमा माघ दोस्रो सातादेखि त्रिवि सेवा आयोगका परीक्षा तय गरिएका छन्। आयागले यही साता परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षासम्बन्धी जानकारी गराएको हो। त्रिवि सेवा आयोगका परीक्षामा सहभागी हुन चाहने अधिकाशंले निर्वाचनपछि परीक्षा भइदिए भन्ने इच्छा जाहेर गरेका छन्। यद्यपि आयोगले के गर्छ त्यो भने त्यसकाा लागि भने प्रतीक्षा गर्नुपर्ने छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष