कार्यालय प्रमुख,इञ्जिनियर,सब इञ्जिनियरसहित ६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय, बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।अख्तियारले प्रसूति केन्द्र निर्माणमा अनियमितता भएको भेटिएसँगै  कार्यालय प्रमुख,इञ्जिनियर,सब इञ्जिनियरसहित उपभोक्ता समितिका अध्यक्ष,सचिव र कोषाध्यक्षलाई प्रतिवादी बनाएर मुद्धा विशेष अदालतमा लगेको हो ।

बिज्ञापन

अख्तियारले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

जिल्लाको हिमाली गाउँपालिका ६ स्थित प्रसूति केन्द्र भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख सहित शिक्षा विकास तथा समन्वय इकाई, बाजुराका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई प्रतिवदाी बनाएर विशेषमा मुद्धा लगेको हो ।

अख्तियारका अनुसार आर्थिक बर्ष ०७५ /०७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख रूपैयाँ र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ व्यहोर्ने गरी कन्टेन्जेन्सीसहित २६ लाख १५ हजार २०६ रूपैयाँमा निर्माण उपभोक्ता समितिसँग सम्झौता भएको भए पनि , लागत अनुमानमा उल्लिखित मापदण्ड बमोजिम निर्माण कार्य नगरी प्रयोगमा ल्याउन नसक्ने प्रकृतिको तयार भएको भेटिएको थियो ।

बिज्ञापन

उक्त प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमान बमोजिम नै गरे गराएको भनी झुट्टा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई १५ लाख ८ हजार ५५७ रूपैयाँ भुक्तानी लिए दिएको देखिएको र उक्त संरचना प्रयोगविहीन भई हाल भग्नावशेषमा परिणत भई १५ लाख ८ हजार ५५७ रूपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य स्थापित भएकोले आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष