५२ बर्षपछि सिंहदरबारभित्र सर्दै स्वास्थ्य मन्त्रालय,कटेजमै मन्त्री- सचिवको कार्यकक्ष तयार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि सिंहदरबारबाटै सेवा प्रवाह गर्ने भएको छ । हाल रहेको संघीय मन्त्रालयमध्ये एक मात्र मन्त्रालय सिंहदरबार बाहिर बसेर सेवा दिइरहेकोमा अब सो मन्त्रालय समेत भित्र सर्न लागेको हो ।

बिज्ञापन

सिंहदरबारभित्र रहेको नेपाली सेना नर्सिङ दल गणको पुरानो खाली जग्गामा अस्थायी संरचना तयार पारी मन्त्रालय भोलिदेखि सिंहदरबारभित्र सर्न लागेको छ । जेनजीको आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी क्षति पुगेको थियो । जेनजीका आन्दोलनमा भएको आगजनी र तोडफोडका कारण सो भवन प्रयोग गर्न नमिल्ने भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भवनमा मन्त्रालयमा बसिरहेको छ । जेनजी प्रदर्शनकारीले गरेको आगजनीले ५० वर्ष पुरानो भवन संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको थियो ।यसले राजधानीको बीच भागमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल देखाउँथ्यो । रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो । युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकता अनुसार कोठामा विभाजन गर्न सकिने थियो । स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्विट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थीले आएर हेर्ने गर्दथे ।

बिज्ञापन

सोही मन्त्रालय आगजनी र तोडफोडपछि ध्वस्त हुँदा रामशाहपथमै रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा मन्त्रालय शरणमा बसिरहेकोमा भोलिदेखि नै सिंहदरबारमा सर्ने लागेको हो । विश्व स्वास्थ्य संठन (डब्लूएचओ) र नेपाल सरकारको सहयोगमा ६ वटा प्रिफ्याब भवन तयार भइसकेकाले मन्त्रालय बिहिबारदेखि सिंहदरबारभित्र सर्न लागिएको हो । आज मन्त्री र सचिवको कार्यकक्ष सारिसकेपछि अन्य महाशाखा सार्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले सिंहदरबार भित्र बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण गरिसकेको छ । भवन हस्तान्तरण भएसँगै सिंहदरबार बाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय आज बुधबारबाट नै सार्न सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवाहरु सिंहदरबार भित्रबाट सुरु हुन्छ।

बिज्ञापन

सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएको र बिहीबारदेखि सोही क्षेत्रबाट कामकारबाही सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सरेको थियो । २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि रामशाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो ।

५२ बर्षदेखि सिंहदरबार बाहिर रहेर सेवा दिइरहेको मन्त्रालय अब सिंहदरबारभित्रै सर्न लागेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

मुख्यसचिव अर्याल विदामा नबस्ने,१० मंसिरसम्म कुर्सीमै बस्ने,को होलान नयाँ मुख्यसचिव ?

५२ बर्षपछि सिंहदरबारभित्र सर्दै स्वास्थ्य मन्त्रालय,कटेजमै मन्त्री- सचिवको कार्यकक्ष तयार

एमाले नेता रोक्न जेन जीहरुद्धारा विमानस्थल घेराऊ,प्रशासनले लगायो कर्फ्यू

कार्यकाल सकिएकै भोलिपल्टै विवादित भट्टलाई अर्काे चार बर्षका लागि नियुक्ति

अदालतमै घुस खाने नायब सुब्बा अख्तियारको फन्दामा

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बिशेष