महावीर पुनमाथि प्रहार : ‘जिल्ला कोषाध्यक्ष हुँदा सम्झिनुहोस्, सर!’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारी संघ–संगठनहरूलाई राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने भन्दै विज्ञप्ति जारी गरेपछि उनको विगतकै प्रसङ्ग जोडेर व्यापक आलोचना सुरु भएको छ।

बिज्ञापन

 

बिज्ञापन

पुनले आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको’ शीर्षकमा सार्वजनिक गरेको विज्ञप्तिमा शिक्षक महासंघ, प्राध्यापक संघ तथा उनीहरूका आवद्ध संगठनहरू शैक्षिक गुणस्तर खस्किनेजस्ता गतिविधिमा संलग्न भएको जनाउँदै राजनीतिक क्रियाकलापमा प्रतिवन्धको चेतावनी दिएका थिए।

 

बिज्ञापन

तर, विज्ञप्तिपछि सामाजिक सञ्जालमा पुनमाथि तीखो टिप्पणी हुँदैछ। कतिपय प्रयोगकर्ताहरूले उनलाई “जिल्ला कोषाध्यक्ष हुँदा ट्रेड युनियनको महत्त्व के थियो, अहिले मन्त्रालयमा ढिँडो बटार्दै गर्दा किन बिर्स्यौ?” भन्दै व्यङ्ग्य गरेका छन्।

 

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, “महावीर पुन सर ! तपाईं जिल्ला कोषाध्यक्ष भएका बेला ट्रेड युनियनकै आन्दोलनले तपाईंलाई ओझेलमा पारेको थिएन, अहिले त्यसको ऐतिहासिक योगदान नबिर्सनुहोस्। ट्रेड युनियन खारेज होइन, थप व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुहोस्।”

 

मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भने शिक्षक, प्राध्यापक र कर्मचारी संघहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउने उद्देश्यले पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै, राजनीतिक दलका ‘भातृसंघ’ वा ‘शुभेच्छुक संस्था’का रूपमा रहेका संगठनहरूलाई मान्यता नदिने निर्णय पनि गरिएको छ।

 

तर पुनको विज्ञप्तिलाई राजनीतिक संवेगमा व्याख्या गर्दै धेरैले उनलाई ‘इतिहास बिर्सने’ टिप्पणी गरेका छन्। कतिपयले भने मन्त्रालयको कदमलाई शिक्षा क्षेत्रलाई पेशागत मर्यादामा फर्काउने प्रयासका रूपमा व्याख्या पनि गरेका छन्।

 

विवादसँगै शिक्षा मन्त्रालय र महावीर पुन दुबै अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

कुमारीमा कीर्ते काण्ड त कति कति

सफाइ पाएसँगै मन्त्रालयमा फर्किइन अतिरिक्त सचिव

सहसचिव,उपसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्धा

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

बिशेष