पूर्व गृहमन्त्री रमेश लेखकका भाइ भतिजहरुले छानी छानी आकर्षक नियुक्ति पाउने क्रम जारी छ । जेनजीको आन्दोलन र प्रर्दशनको क्रममा दमन गर्ने भूमिका खेलेर सत्ताच्यूत भए पनि लेखकका भाइ भतिजहरुले छानीछानी आकर्षक नियुक्ति पाउन थालेपछि शिक्षामन्त्री महावीर पुनसँग गुरुहरु क्रुद्ध भएका छन् ।
शिक्षा मन्त्री महावीर पुनले रमेश लेखकलाई नातेदारलाई आकर्षक नियुक्ति दिलाएका हुन । कनिष्ठ प्रोफेसरलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा सदस्यमा नियुक्त गरिएको छ गत असोज अन्तिम साता । सात सदस्यलाई त्यहाँ मनोनित गरिँदा ओली देउवाको शासनकालमा प्रचुर लाभ उठाएका रमेश लेखकका नातेदारलाई प्रा डा हेमराज पन्तले अवसर पाएपछि गुरुहरु मन्त्री पुनसँग चिढिएका हुन ।
विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ अनुसार विश्वविद्यालयका सह–कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सम्पन्न भएको सो बैठकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्रा. डा. हेमराज पन्तलाई सदस्यमा मनोनयन गरेको हो । प्रा डा हेमराज पन्त त्रिविमा रसायनशास्त्रका कनिष्ट प्राध्यापक हुन । पूर्व गृहमन्त्री रमेश लेखक र आरजु राणाको आशिर्वादमा कनिष्ठ भएर पनि निरन्तर नियुक्ति पाउन सफल भएका प्रध्यापकका रुपमा चिनिन्छन्,उनी । यसरी नियुक्ति पाउने अन्य गुरुहरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र र मानवशास्त्रका विज्ञहरूमध्येबाट दार्चुलाका प्रा. डा. जयराज अवस्थी, बझाङका प्रा. डा. अम्मराज जोशी, बैतडीका डा. लवदेव अवस्थी, काठमाडौंकी प्रा. डा. संगीता राजभण्डारी, दार्चुलाका डा. डम्बरबहादुर पाल र कञ्चनपुरकी सह–प्रा. अनुराधा रोकाय रहेका छन् ।
बिज्ञापन
पन्त कनिष्ठ हुँदा हुँदै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा यस अघि नियुक्ति पाइसकेका व्यक्ति हुन । यस अघि उनी विश्वविद्यालय अनुदान आयोगको पनि सदस्य हुन । सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा रमेश लेखकका भाई प्रा डा विनोद लेखक कार्यरत छन् भने त्रिविको परीक्षा नियन्त्रकमा लेखकका ज्वाई डा सुर्यकान्त कलौनीले नियुक्ति भेटिसकेका छन् ।
























