जेनजी नै विभाजित : अन्तरिम सरकारको नेतृत्वमा अर्काे पक्षले अगाडि सार्यो कुलमान

अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय भएको छ । यस अघि जेन जीको एउटा समूहले पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नाम अगाडि सारेको थियो । तर सो नामप्रति जेनजीकै अर्काे समूहले आपत्ति जनाउँदै आएको छ । अहिले सैनिक मुख्लालयमा सुशीला कार्की,दुर्गा प्रसाई र प्रधाननेनापति अशोकराज सिग्देबीच वार्ता चलिरहँदा जेनजीको अर्काे समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा कुलमानको नाम अगाडि सारेको हो ।

बिज्ञापन

जेनजीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून रहेको,सुशीला कार्की ७० बर्ष नाघिसक्नुभएको,नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायधीश,न्यायधीशहरुको यो पद नियुक्तिका लागि अनुचित रहेको कारण नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेनजी नेपालले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हेर्डक्वाटर अगाडि जेन जीको हानहान

सरसफाई, अभिलेख तथा भौतिक संरचनाको ब्यवस्थापनमा जुट्न कर्मचारीहरुलाई आह्वान

‘संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ’

जेनजी नै विभाजित : अन्तरिम सरकारको नेतृत्वमा अर्काे पक्षले अगाडि सार्यो कुलमान

‘निर्वाचित सरकार निस्क्रिय भए पनि स्थायी सरकार आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागौं’

पूर्व मन्त्री र गृहसचिव कारागारै फर्कन तयार

जङ्गीअड्डा भित्र प्रधानसेनापतिसँग छलफल जारी,बाहिर सुशीला कार्की मान्दिनौं भन्दै नाराबाजी

असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

बिशेष