जेनजी नै विभाजित : अन्तरिम सरकारको नेतृत्वमा अर्काे पक्षले अगाडि सार्यो कुलमान

अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय भएको छ । यस अघि जेन जीको एउटा समूहले पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नाम अगाडि सारेको थियो । तर सो नामप्रति जेनजीकै अर्काे समूहले आपत्ति जनाउँदै आएको छ । अहिले सैनिक मुख्लालयमा सुशीला कार्की,दुर्गा प्रसाई र प्रधाननेनापति अशोकराज सिग्देबीच वार्ता चलिरहँदा जेनजीको अर्काे समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा कुलमानको नाम अगाडि सारेको हो ।

बिज्ञापन

जेनजीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून रहेको,सुशीला कार्की ७० बर्ष नाघिसक्नुभएको,नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायधीश,न्यायधीशहरुको यो पद नियुक्तिका लागि अनुचित रहेको कारण नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेनजी नेपालले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष