गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी, परिवार “शरणार्थी” झैं बस्न बाध्य

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो निजी निवास भैसेपाटीस्थित घरमा आगजनी भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। पौडेलले फेसबुकमा लेख्दै यो घर आफैंले योजना आयोगको उपाध्यक्ष हुनु अघि छात्रवृत्ति र विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको बताएका छन्।

बिज्ञापन

 

बिज्ञापन

गभर्नर पौडेलका अनुसार घर भित्र सुन्दर सजावटसँगै व्यक्तिगत जीवनका महत्वपूर्ण सामग्रीहरू रहेका थिए। उनले लेखेका छन्, “माथिल्लो तल्लामा किताबैकिताब, इबेमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा ल्याएका कलाकृति, देवी–देवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि माओत्सेतुङसम्मका मूर्ति थिए। जम्मा ५०० प्रति मात्रै छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो।”

 

बिज्ञापन

उनले आफ्नी ९ वर्षीया छोरीलाई मन पर्ने कोठा, कपन गुम्बाका गुरु रिम्पोछेले दिएको मन्त्रको खेलौना समेत कुल्चेर जलाइदिएको पीडा व्यक्त गरेका छन्।

 

पौडेलले घटनाबारे लेख्दै भनेका छन्, “अस्ति घर जलेको खबर दुई घण्टा अघिनै एक अनलाइनमा आयो। तर त्यतिबेला घरमा केही भएको थिएन। पछि मानिसहरू भित्र गएर बा–आमाको फोटो, छोरीको सानो छदाको फोटो कुल्चेर फुटाए र सबैमा आगो लगाए।”

 

आगो लागेपछि उनकी श्रीमती र छोरी नजिकैको घरमा गएर बसे भने पौडेल आफैं अर्को ठाउँमा बस्नुपर्‍यो। उनले दुःख व्यक्त गर्दै भनेका छन्, “त्यो दिन हामी सबै शरणार्थी भयौँ। किताब र कपडाहरु धेरै भएकाले घर ढिलोसम्म नै जलिरह्यो। राति पनि केहि व्यक्तिहरुले ढुंगा हानेर सामान चोरेर गैराखेका रहेछन् भन्ने कुरा छिमेकीहरुले सुनाए।”

 

फोनमार्फत चासो राख्ने साथीहरूलाई आफूले “ठिकै छ” भन्ने जवाफ दिएको पौडेलले लेखेका छन्। तर घटनाले उनलाई गहिरो पीडा दिएको प्रष्ट देखिन्छ।

 

उनले फेसबुक स्टाटसमा नयाँ सरकारको सन्दर्भसमेत उल्लेख गर्दै भनेका छन्, “अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र। कसैलाई मैले दुइ पैसा कसैको खाएको वा मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।”

 

हालसम्म यस घटनाबारे प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष