मुख्य सचिव एकनारायण अर्यालले निजामती सेवा पछिल्लो समय ढड्डा र अड्डामुखि सेवाबाट डिजिटलाइजेसन युगमा प्रवेश भएको बताएका छन् ।
बिज्ञापन
२२ औं निजामती सेवा दिवसको अवसरमा राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा आयोजित निजामती सेवा दिवस मूल समारोहलाई सम्बोधन गर्दै कठिन परिस्थिति वा चुनौतीपूर्ण समयमा पनि निजामती प्रशासन सक्षम र सजग रहेको बताएका हुन । उनले अड्डा र कागजमुखी प्रणालीबाट बाहिरिँदै सूचना प्रविधिको उपयोगमार्फत डिजिटल सेवातर्फ अघि बढ्न निजामती सेवाले महत्वपूर्ण भुमिका निर्वाह उल्लेख गरे ।
बिज्ञापन
नेपालको निजामती सेवाले आजको दिनसम्म आइपुग्दा आफ्ना विशिष्ट मौलिक पहचिानसहित नागरिकका लागि सेवा प्रवाहको भरपर्दो अविछिन्न स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गरेको उल्लेख गर्दै मुख्य सचिव अर्यालले निजामती सेवा दिवसले कर्मचारीलाई व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन तथा नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व र समर्पणबोधलाई अझ प्रगाढ बनाउने उल्लेख गर्दे सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन र विकाससँगै सरकारले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा निजामती संयन्त्रको महत्वपूर्ण योगदान रहेको जनाए ।
अर्यालले मुलुकले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक एवं भौतिक प्रगतिहरुमा समेत निजामती कर्मचारीको उल्लेख्य भुमिका रहेको बताए ।