१३ हजार घुस खाने करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । १३ हजार घुस रहक सहित पक्राउ परेको चार साता पछि आज विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

अख्तियारले गत साउन २६ मा नापी कार्यालय काठमाडौँ, कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुस रकमसहित पक्राउ गरेको थियो । चन्द्रागिरी नगरपालिका १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

अख्तियारले कलंकी नापी कार्यालयका प्रमुखको २ थान मोबाइल, सर्भेक्षकको एक थान र कार्यालय सहयोगी कुँवरले घुसवापत लिएको १३ हजार रुपैयाँका साथै उनको १ थान मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । कार्यालय सहयोगीको घुसको कनेक्सन कार्यालय प्रमुख केशव लेखकसम्मै रहेको आशंकामा उनको मोवाइल समेत बरामद भएको थियो । लेखक गृहमन्त्रीका नातेदार हुन ।

अख्तियारले रंगेहात पक्राउ गरेको चार साता पछि विशेषमा मुद्धा लगेको हो । अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष