यस बर्ष भेटिएला त सर्वोत्कृष्ट निजामती कर्मचारी ? मुख्य सचिव भन्छन् : ‘खोज्दै छौं’

निजामती सेवा दिवस मनाउन अब दुई दिन मात्र बाँकी छ ।

बिज्ञापन

तर मुख्य सचिव संयोजक रहेको पुरस्कार सिफारिस समितिले अझैंसम्म सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न सकेको छैन । झण्डै ८६ हजार बढी कर्मचारीको बीचमा सरकारले विगत आठ बर्षदेखि सर्वाेत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । यस बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी नभेटिने स्थिति बन्दै गएको छ ।

बिज्ञापन

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। यस बर्ष २२ औं निजामती सेवा दिवस बनाइँदै छ । सरकारले निजामती सेवा दिवसका दिन बर्सेनि कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार आगामी आइतबार ४१ जना विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीलाई पुरस्कृत हुनुपर्ने हो ।

दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुस्कार दिइदै आएको छ ।हरेक बर्ष उत्कृष्ट र निजामती पुरस्कार ४० जना कर्मचारीलाई बाँडिए पनि विगत आठ बर्षदेखि सर्वोत्कृष्ट कर्मचारी भेटिएका छैनन् । सरकारले हालसम्म चार जनालाई मात्रै निजामती सर्वोत्कृष्ट पुरस्कार दिएको छ। तिनमा २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी छन्। विगतमा पुरस्कार पाएकाहरू विवादरहित हुन सकेनन्। यसले पनि सरकारले सर्वोत्कृष्ट छान्ने आँट नगरेको जानकारहरु बताउँछन् ।

बिज्ञापन

पुरस्कार सिफारिस गर्नका लागि मुख्यसचिवको संयोजकत्वमा पुरस्कार सिफारिस समिति बनेको छ । जहाँ कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहने छन् ।सोही सिफारिस समितिले दिएको नाम मन्त्रिपरिषद्बाट निर्णय भएपछि छनौटमा परेका कर्मचारीलाई सरकारले पुरस्कार वितरण गर्छ ।
के यस  बर्ष सर्वोत्कृष्ट निजामती पुरस्कार वितरण हुन्छ त ? समितिका संयोजक समेत रहेका मुख्य सचिव एकनारायण अर्याललाई कर्मचारी प्रेसले सोधेको थियो- आठ बर्षदेखि निजामतीमा सर्वाेत्कृष्ट कर्मचारीको खडेरी लाग्दै आएको छ । यस बर्ष भेट्नुभयो त ? जबाफमा अर्यालले भने ‘खोज्दै छौं ।’

सरकारले पछिल्लो आठ बर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न छाडेको छ । झण्डै ८० हजार बढी कर्मचारीको भीडमा सरकारले एउटै सर्वोष्कृष्ट कर्मचारी नभेटेको आठ बर्ष भयो । सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कार पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले पाएका थिए । त्यसयताका ८ वर्ष यो पुरस्कार दिइएको छैन ।

सर्वोत्कृष्ट कर्मचारी पुरस्कार थाप्नका लागि निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरे,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,– पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको लगायतका प्रावधानहरु राखिएका छन्।
यी र यस्ता प्रावधानकै कारण सर्वोत्कृष्ट निजामती पुरस्कार वाड्न नसकिएको तर्क गर्नेहरु पनि छन् तर पूर्वसचिव कृष्णहरि बाँस्कोटा पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्ने भन्ने नै नहुने बताउँछन् । निजामती सेवा ऐनमा निश्चित मापदण्ड रहेकाले त्यसैमार्फत सर्वोत्कृष्ट कर्मचारी छनोट गर्नुपर्ने बताउँछन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूचना विभागको महानिर्देशकमा राना

नेपाल रिइन्योरेन्स सुरेन्द्र,नेप्सेमा बस्याल

कुलिङ पिरियडमा कीर्ते गरेका रामहरिलाई संवैधानिक अंगका प्रमुख र पदाधिकारी छान्ने समितिको जिम्मेवारी

१३ हजार घुस खाने करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सरू समको गजल

यस बर्ष भेटिएला त सर्वोत्कृष्ट निजामती कर्मचारी ? मुख्य सचिव भन्छन् : ‘खोज्दै छौं’

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

उपमहानगरपालिकामाथि कहिलेसम्म उपेक्षा ?

बिशेष