प्रकाश भावुक( प्रभा) को कविता : सङ्कल्प यस्तो गरौँ !

छर्छन् कान्ति रमेर फाँट चुचुरा सारा कुना कन्दरा
हाम्रै शिल्पकला र उन्नयनले चम्किन्छ प्यारो धरा ।
थालौँ उद्यम देशमा अब नयाँ माधुर्य शोभा भरौँ
आफ्नै प्राण समान देश जनता सङ्कल्प यस्तो गरौँ ।।१

बिज्ञापन

साँच्चै कर्म र मर्मसाथ सपना साकार पारौँ सबै
जो मिल्छन् परिणाम शान्ति सुखका बाडौँ फिँजाओैँ अझै ।
राखौँ मान, इमान सेवक बनौँ सद्भाव नौलाे छरौँ
सेवा सत्य बनोस् प्रकाश जसरी सङ्कल्प यस्तो गरौँ ।।२

बिज्ञापन

सेवामा मन होस् र जोश तनमा यी हातमा शक्ति होस्
आफ्नो स्थानसँगै सुशासन सुधा आत्मा सबैको बनोस् ।
आस्था होस् अनुभूतिसाथ जनमा यै चेतनाले भरौँ
सेवा धर्ममुखी प्रशासन बनोस् सङ्कल्प यस्तो गरौँ ।।३

आजैबाट जुटेर लाग्नु छ यहाँ गाथा सुनौला बनून्
सेवा शासनमा सुसज्जित हुदाँ आहा भलाे भो भनून्
सप्पै कानूनमा बराबर रहून् यो एकतामा परौँ
होस् सामाजिक न्याय नित्य जनमा सङ्कल्प यस्तो गरौँ ।।४

बिज्ञापन

त्यागौँ खेल बजेटमा समयमा थैली रमोस् काममा
हाम्रो यो व्यवहार चाल बदलौ शैली रमोस् काममा ।
यात्रा चल्छ सुधारको मुलुकमा गन्तव्य त्यस्तो चढौँ
पारौँ फर्फर चन्द्रसूर्य ध्वज यो सङ्कल्प यस्तो गरौँ।।५

बन्दै सिर्जनशील कर्म गरिए फुल्नेछ माटो पनि
लागौँ भाइ र भाइ राष्ट्रहितमा होस्टे र हैसे भनी ।
भाषा भेष कला र संस्कृति बचोस् नेपाल मायाँ गरौँ
मर्नै पर्दछ देश खातिर मरौँ सङ्कल्प यस्तो गरौँ ।।६

शार्दूलविक्रीडित छन्दमा लिखित यस कविताले निजामती सेवा दिवस ०८२ को अवसरमा आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बिशेष