इटहरी अख्तियार कार्यालयमा १७८३ उजुरी, १९३८ फर्स्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा गत आर्थिक वर्षमा मात्रै १ हजार ७८३ वटा उजुरी परेको छ। आयोगले धनकुटामा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरेको हो।

बिज्ञापन

कार्यालयका प्रमुख खगेन्द्र प्रसाद रिजालका अनुसार संघीय मामिला सम्बन्धी ८१५, शिक्षा ३६५, भूमि सुधार ११३, वन ९२, भौतिक सुधार ९३ र अन्य ३०५ उजुरी दर्ता भएका थिए। यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट सरसरेर आएका ५३ उजुरीसमेत रहेका छन्।

बिज्ञापन

गत वर्षका दायित्वसहित एक हजार ९३८ उजुरी फर्स्यौट भएको छ भने ३९८ अझै बाँकी रहेको रिजालले जानकारी दिए।

“सानालाई मात्र कारबाही, ठूला बचाइन्छ”

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उजुरी दर्ता भए पनि निष्पक्ष कारबाही हुन नसकेको गुनासो गरे। उनीहरूले अख्तियारले साना कर्मचारीलाई मात्र कारबाही गर्ने तर ठूला पदाधिकारीलाई संरक्षण गर्ने गरेको आरोपसमेत लगाए। सहभागीहरूले निष्पक्ष छानबिन गरी सबैलाई कानूनी दायरामा ल्याउन सुझाव दिए।

बिज्ञापन

“निष्पक्षता, पारदर्शिता आवश्यक”

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले अख्तियारको काम निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउन जरुरी रहेको औंल्याए।

प्रमुख रिजालले भने भ्रष्टाचार नियन्त्रणलाई परिणाममुखी बनाउन स्थानीय तह, जनप्रतिनिधि र नागरिक समाज सबैको सहयोग आवश्यक हुने बताए।

अन्तरक्रियामा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिशिर बुढाथोकीको गजल

‘सुन परानी’ सार्वजनिक

१२ हजार घुससहित अदालतको सुव्वा पक्राउ

सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

इटहरी अख्तियार कार्यालयमा १७८३ उजुरी, १९३८ फर्स्यौट

आठ बर्षपछि भेटिएला त सर्वाेत्कृष्ट निजामती कर्मचारी ?

सडक विभागका डीईहरूको सरुवा सूची तयार

सरुवामा मनपरी :एउटै पालिकामा शाखा अधिकृतको चार पटक सरुवा

बिशेष