न्याय सेवाका ३० जना कर्मचारीहरूको सरुवा भएको छ । सरुवा हुनेमा न्याय सेवातर्फका ८ सहसचिव र सरकारी वकिलतर्फका ९ गरी १७ जना सहसचिव तहका कर्मचारीहरु सरुवा भएका छन् । यस्तै उपसचिवतर्फ न्याय समूहका १,सरकारी वकिल समूहका १२ गरी १३ उपसचिव र १७ सहसचिव तहका कर्मचारीहरु सरुवा भएका हुन ।
बिज्ञापन
सरुवा सूचीअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालय सरुवा भएको छ । उनी ७२ सालका सहसचिव हुन,न्याय सेवातर्फ जेष्ठताका आधारमा दोस्रो नम्बरमा रहेका उनी पछि सहसचिवलाई उच्चको न्यायधीश बनाइँदा जितेन्द्रलाई बनाइएन । अहिले न्याय परिषद्तिर पुर्याइएको छ । यस्तै,उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलको सर्वोच्च अदालत, सर्वोच्च अदालतका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीको विशेष अदालत सरुवा भएको छ । न्याय परिषद् सचिवलायमा रहेका अशोककुमार क्षेत्रीको उच्च अदालत पाटन, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीको सर्वोच्च अदातमा सरुवा गरिएको छ ।
बिज्ञापन
बिज्ञापन