ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राविधिक सचिव पद फेरि खाली भएको छ। १५ भदौदेखि अनिवार्य अवकाशमा गएका सचिव सुरेश आचार्यको ठाउँमा बढुवाका लागि अहिले तीन सहसचिवबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिएको छ।

बिज्ञापन

प्रतिस्पर्धामा रहेका सहसचिव हुन् — चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंह। चटौत र सिंह हाइड्रोपावर उपसमूहका इन्जिनियर हुन् भने कर्माचार्य मेटेरियोलोजी समूहका सहसचिव। दुवै समूहको सेवा सञ्चालन ऊर्जा मन्त्रालय अन्तर्गत भएकाले सचिव बन्ने अवसर सबैको बराबरी देखिन्छ।

बिज्ञापन

चटौत र सिंह विद्युत विकास विभागका महानिर्देशक भइसकेका छन्। कर्माचार्य भने जल तथा मौसम विज्ञान विभागको नेतृत्व गरिसकेका सहसचिव हुन्। हाल चटौत र सिंह ऊर्जा मन्त्रालयमै कार्यरत छन् भने कर्माचार्य जल तथा ऊर्जा आयोगको सचिवालयमा छन्।

२०७० साल फागुन ३० गते सहसचिवमा उक्लिएका चटौत र कर्माचार्य वरिष्ठताको हिसाबले शीर्ष स्थानमा छन्। चटौतको जागिर २०८३ असार १५ सम्म मात्र रहने भएकाले उनी १० महिनाका लागि सचिव बन्न सक्ने उच्च सम्भावना बोकेका छन्। वरिष्ठता र अनुभवका आधारमा पनि उनको नाम बलियो देखिन्छ।

बिज्ञापन

तर लामो अवधि सचिव चलाउन सक्ने हैसियतमा भने कर्माचार्य र सिंह छन्। कर्माचार्यको जागिर २०८६ असोजसम्म रहने भएकाले उनी अन्य मन्त्रालयमा पनि सचिव पद पाउने प्रबल सम्भावना बोकेका छन्। उता सिंहको सेवा अवधि २०८४ साउनसम्म छ।

हालैको सचिव बढुवा सिफारिसमा दिनानाथ मिश्र पहिलो, चटौत दोस्रो र सिंह तेस्रो नम्बरमा परेका थिए। मिश्र सचिवमा पुगिसकेपछि अब सूचीमा शीर्षमा चटौत आइपुगेका छन्। कर्माचार्य दोस्रो नम्बरमा रहेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रिक्त हुने सचिव पदतर्फ उनको संभावना देखिन्छ।

यस्तै, सिंहले पनि आगामी चैत मसान्ततिर नेपाल ट्रष्ट कार्यालय वा खानेपानी मन्त्रालय रिक्त भएपछि सचिव पद पाउने आधार पक्का गरेका छन्।

यसरी हेर्दा, ऊर्जा मन्त्रालयको सचिव पद तत्कालका लागि चटौतको हातमा जाने सम्भावना बढी देखिए पनि, दीर्घकालीन रुपमा भने कर्माचार्य र सिंह दुवैले आफ्नो पालो पक्का गरेका छन्। आगामी केही महिनामै विभिन्न मन्त्रालयहरूमा हुने अवकाशका कारण तीनै सहसचिव सचिव बन्ने बाटो खुला भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष