सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

 संघीय निजामती सेवा विधेयकमा लामो समयदेखि अड्किएको अवकाश उमेरसम्बन्धी विवाद अन्ततः समाधान भएको छ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनमै सहमति जनाएपछि विधेयक पारित हुने बाटो खुलेको हो।

बिज्ञापन

प्रतिनिधि सभाले विधेयकलाई ऐनमा परिणत भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्षमा र त्यसपछि ६० वर्षमा अवकाशको उमेरहद लागू हुने व्यवस्था पास गरेर पठाएको थियो। मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री भगवती न्यौपानेले सो प्रतिवेदनलाई नै आत्मसात गर्ने स्पष्ट वक्तव्य दिँदै भनिन्, “प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसैलाई आत्मसात गरेर जाऔं।”

यसअघि आइतबारको बैठकमा मन्त्री न्यौपानेले चालु वर्षमै ५९ वर्षमा अवकाश दिने प्रस्ताव गरेकी थिइन्। तर, विपक्षी दलका सदस्यहरूले प्रतिनिधि सभाको निर्णयअनुसारै अघि बढ्नुपर्ने अडान राखेपछि सहमति जुट्न सकेको थिएन।

बिज्ञापन

सरकार पछाडि हटेपछि विधेयकमा परेको प्रमुख गाँठो खुलेको र अब प्रतिनिधि सभा–राष्ट्रिय सभाबाट पारित भएर ऐनमा परिणत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष