स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन, पूर्ण सुचारु गर्न अझै १० दिन लाग्ने

२०८२ असार २४ र श्रावण १४ गते आएको अकस्मात बाढीले रसुवा जिल्लाको गल्छी–त्रिशुली–स्याफ्रुवेशी–रसुवागढी सडक खण्डमा ठूलो क्षति पुर्‍याएपछि अवरुद्ध भएको सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।

बिज्ञापन

बाढी र पहिरोले गल्छी–त्रिशुली–मैलुङ खण्डमा करिब १०० मिटर, मैलुङ–स्याफ्रुवेशी खण्डमा ७०० मिटर र स्याफ्रुवेशी–रसुवागढी खण्डमा १८ स्थानमा करिब १७०० मिटर सडक क्षति पुगेको थियो।

बिज्ञापन

विभागीय मेशिन र उपकरणमार्फत कटान भएको क्षेत्रमा नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ। यद्यपि कठिन भूगोल र निरन्तर वर्षाका कारण कार्य चुनौतीपूर्ण रहेको विभागले जनाएको छ।

 भाद्र ५ गतेदेखि खाल्टे क्षेत्रमा ढुंगाभराई गरी एकतर्फी यातायात सञ्चालन भएको छ। स्याफ्रुवेशी–रसुवागढी सडक खण्डमा करिब १३ किलोमिटर सडक पूर्ववत् सञ्चालनमा आएको छ। टिमुरे–रसुवागढी (मितेरी पुल) खण्डमा दुई स्थानमा करिब १५० मिटर सडकमा नयाँ ट्रयाक बनाउने कार्य जारी छ।

बिज्ञापन

 

यससँगै, रसुवागढी नाकामा निर्माणाधीन मितेरी पुलका लागि चीनतर्फ बेलीब्रिज जडान तथा जग निर्माणको काम भइरहेको छ। तर नेपालतर्फ बेलीब्रिजको जग निर्माण अझै सुरु हुन सकेको छैन।

 

विभागका महानिर्देशक विजय जैसीका अनुसार अझै करिब १० दिनभित्र सम्पूर्ण सडक यातायात पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। विभाग निरन्तर कटान रोक्ने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष