सार्वजनिक स्थानमै सुर्तिजन्य पदार्थ सेवन प्रतिबन्ध, तर सिंहदरबारमै नियम उल्लंघन

सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ सेवनमा कानुनले स्पष्ट प्रतिबन्ध लगाएको छ । तर यही प्रतिबन्धित अभ्यास मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारभित्रै खुलेआम हुने गरेको देखिन्छ ।

बिज्ञापन

सरकारी पोशाकमै रहेका कर्मचारीले सिंहदरबारको हाताभित्रै सुर्ति सेवन गर्ने गरेका छन् । यसरी सरकारी भवनमै बसेर कानुनकै उल्लंघन गर्ने प्रवृत्तिले नियम कार्यान्वयनप्रति गम्भीर प्रश्न खडा भएको छ ।

बिज्ञापन

सुर्ती नियन्त्रण ऐन, २०६८ अनुसार कार्यालय, विद्यालय, सरकारी निकाय, अस्पताल, सार्वजनिक यातायात, सभाहल लगायतका स्थानमा धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन । तर सिंहदरबारभित्रै दिनहुँजसो कर्मचारीले प्रतिबन्धित अभ्यास गर्ने दृश्य देखिन्छ ।

“कानुन त सामान्य नागरिकलाई मात्रै लागू हुने हो कि भन्ने प्रश्न उठ्छ,” सिंहदरबार नजिकै काम गर्ने एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, “अधिकारीहरूकै आँखाअगाडि नियम उल्लंघन हुन्छ तर सम्झाउने वा कारबाही गर्ने कोही देखिँदैन ।”

बिज्ञापन

यस्तै अवस्था निरन्तर भइरहँदा सुर्ती सेवन नियन्त्रण गर्ने सरकारी अभियानको विश्वसनीयता नै खण्डित भएको सरोकारवालाहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयले नियमित अनुगमन र सचेतना कार्यक्रम चलाउने दाबी गरे पनि सिंहदरबारभित्रै त्यसको असर देखिएको छैन ।

अब प्रश्न उब्जिएको छ- सार्वजनिक स्थानमा सुर्ती सेवनविरुद्ध अभियान चलाउने निकायका प्रतिनिधि नै सरकारी पोशाकमा नियम तोड्छन् भने, सामान्य नागरिकलाई सम्झाउने अधिकार कसले प्रयोग गर्ने ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

बिशेष