उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका भन्सार प्रशासनसम्बन्धी उपमन्त्री वाङ लिङचुनसँग शुक्रबार अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन्।
बिज्ञापन
भेटवार्तामा विशेषगरी रसुवागढी नाका सुचारु गर्ने विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ। गत असारमा आएको बाढीले पुल तथा सडक संरचनामा ठूलो क्षति पु¥याएपछि व्यापारिक गतिविधि प्रभावित बनेको अवस्था र त्यसको पुनर्निर्माण प्राथमिकतामा रहेको छ।
बिज्ञापन
यस्तै, विगतमा दुई देशबीच भएका सहमतिअनुसार सडक पूर्वाधारको स्तरोन्नति, व्यापार सहज पार्ने उपाय तथा भन्सार नाकाको व्यवस्थापन सुधारबारे समेत विस्तृत कुराकानी भएको छ।
मन्त्रालयका अनुसार बैठकले नेपाल–चीनबीचको व्यापारिक आवागमनलाई व्यवस्थित र स्थायी बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता दुवै पक्षबाट प्रकट भएको छ।
बिज्ञापन