अख्तियारमा मुद्दा खेपिरहेका उपसचिव उमेश ललितपुर फर्कने चलखेल

ललितपुर नापी कार्यालयमा बस्दा पटक–पटक विवादमा मुछिएका उपसचिव (प्रमुख नापी अधिकृत) उमेश कुमार पुन फेरि ललितपुरमै फर्कनका लागि सक्रिय भएको खुलासा भएको छ।

बिज्ञापन

विगतमा ललितपुर नापी कार्यालयमा प्रमुख हुँदा पुनले नख्खु खोला करिडोरमा पर्ने सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा अद्यावधिक गरेको आरोप लागेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नियामक निकायसम्म उजुरी पुगेको थियो। सो प्रकरणपछि मन्त्रालयले २०७८ साल असोज ९ गते उनलाई धनुषा (जनकपुर) सरुवा गरेको थियो। तर उनी तत्कालै सरुवाविरुद्ध अदालत पुगेका थिए। अदालतबाट अन्तरिम आदेश नपाएपछि मात्रै उनी जनकपुर गए।

बिज्ञापन

तर जनकपुर पुगेको एक वर्ष नपुग्दै पुन फेरि ललितपुर वा भक्तपुर नापी कार्यालयमै फर्किन तीव्र जोडबल गरिरहेको भूमि व्यवस्था मन्त्रालय स्रोतले जनाएको छ। उनी उपत्यकाभित्रनको लागि करोडौं रुपैयाँ खर्च गर्न समेत तयार रहेको स्रोतले बताएको छ।

सरकारी सेवामा १९ वर्ष बिताइसकेका पुनले २०६२ साल साउन २३ गते ८ नम्बर नापी गोश्वारा कार्यालय कास्कीमार्फत प्रवेश गरेका थिए। अमिन, सर्भेक्षक हुँदै निरन्तर नापी र मालपोत कार्यालयमा मात्र सेवा दिँदै आएका उनी २०७१ सालमा उपसचिवमा उक्लिए। उपसचिव भएपछि समेत मन्त्रालय, विभाग हुँदै विभिन्न नापी कार्यालयमा निरन्तर पदस्थापन हुँदै आएका छन्।

बिज्ञापन

पुनमाथि ललितपुर नापी प्रमुख हुँदा सार्वजनिक जग्गा व्यक्तिको नाममा पार्ने गम्भीर आरोपहरू लागेका छन्। निजामती किताबखानाबाट प्राप्त अभिलेखअनुसार—

भैंसेपाटी ६ क, कित्ता नं. ४६९ (हाल कार्यविनायक–४, कित्ता नं. १३५४) को सरकारी जग्गा व्यक्तिको नाममा अद्यावधिक गरेको,

नख्खु खोला करिडोर, नगर–१३ सिट नं. १०२–१२६४–०३, कित्ता नं. ३४७८ को सरकारी जग्गा समेत घुस असुलेर व्यक्तिको नाममा हालसाविक (अद्यावधिक) गरेको

 

आरोपमा उनीमाथि अख्तियारमा उजुरी परेको छ। यी दुवै मुद्दा हाल विचाराधीन अवस्थामा छन्।

 

यस्ता गम्भीर विवादमा मुछिएका पुनले पुनः ललितपुर वा भक्तपुर नापी कार्यालयमै फर्किन व्यापक चलखेल गरिरहेको समाचार बाहिरिएको छ। मन्त्रालयभित्र समेत यसबारे छलफल सुरु भएको बताइन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा राज्यको बलजफ्ती

९ उपसचिवको सरुवा,तीन कार्यालय प्रमुख हेरफेर

कालापानीमा बल्झिएको नेपालको घाऊ

अख्तियारमा मुद्दा खेपिरहेका उपसचिव उमेश ललितपुर फर्कने चलखेल

५३ जना अधिकृतहरुको सरुवा

६ सय बोरा चिनी गायब: गणपति र डीएसपी समेत मुख्यालय तानिए

सात दिनभित्र समाजिक सञ्जाल सूचीकरण नभए नेपालमा निष्क्रिय

भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !

बिशेष