काठमाडौं । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ९० जना शाखा अधिकृतको सरुवा गरेको छ। सरुवा सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकारीहरुलाई विभिन्न विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकारीहरुलाई मन्त्रालयमै तानिएको छ।
बिज्ञापन
सरुवामा मन्त्रालयभित्रका महत्वपूर्ण पद र प्रभावशाली अड्डामा जान ठूलो रस्साकस्सी भएको बताइन्छ। पछिल्ला वर्षहरूमा अर्थ मन्त्रालयभित्र सरुवालाई ‘प्रभाव र पहुँचको खेल’का रुपमा हेरिने गरिएको छ।
बिज्ञापन
यसपटक पनि सरुवा प्रक्रियामा राजनीतिक तथा प्रशासनिक दबाब चलेको चर्चा भएको छ। मन्त्रालयले भने यो सामान्य प्रशासनिक प्रक्रिया भएको दाबी गर्दै आएका छन्।
अर्थ मन्त्रालय अफिसर काज-सरुवा लिष्ट१
बिज्ञापन