मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवति न्यौपानेले सरकारी कार्यालयमा भनसुनको आधारमा मात्रै छिटो सेवा दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने स्पष्ट निर्देशन दिएकी छन्।

बिज्ञापन

आइतबार शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको सेवा प्रवाह सञ्चालन केन्द्रको निरीक्षण गर्दै उनले सरकारी सेवा लिन नागरिकले बारम्बार अनुभव गर्ने समस्या खुलेर स्वीकार गरिन्।“जनताको प्रश्न जायज छ,” मन्त्री न्यौपानेले भनिन्, “भनसुन गरे काम चाँडो हुने, नगरे ढिलाइ हुने अवस्था अब हटाउनैपर्छ। जनताले उठाएको प्रश्न समाधान गर्ने गरी काम गर्नुपर्छ।”

बिज्ञापन

उनले यो देशमा “नेता र कर्मचारी गतिला छैनन्, लुट मच्चाइरहेका छन्” भन्ने धारणा फैलिइरहेकोप्रति गुनासो गर्दै सबैलाई एउटै तराजुमा नतौल्न आग्रह गरिन्। “सबै लुटाहा, ठग होइनन्, जनताले पनि सहि पहिचान गर्नुपर्छ,” उनको भनाइ थियो।

कर्मचारी सरुवामा देखिएको अव्यवस्था सुधार्ने आफ्नो योजनाबारे पनि मन्त्री न्यौपाने खुलेर बोलिन्।
“मन्त्रालयमा आइपुगेर मन्त्री वा कर्मचारीलाई भेटेर सरुवा माग्ने चलन हटाउनुपर्छ,” उनले दाबीका साथ भनिन्, “अब सरुवा प्रणाली चक्रिय र स्वचालित बनाइन्छ। विशेष कारणबाहेक एक वर्षभित्र कसैको सरुवा हुनेछैन।”

बिज्ञापन

उनका अनुसार, सरुवामा पूर्वानुमान गर्न सकिने व्यवस्था गरिँदैछ, जसले गर्दा कर्मचारीलाई ‘जसलाई मन लाग्यो त्यही बेला सरुवा’ भन्ने प्रथाबाट मुक्त गर्ने लक्ष्य लिइएको छ।

मन्त्री न्यौपानेले जनप्रतिनिधि र कर्मचारी दुवैलाई नागरिकसँग संवेदनशील बन्न आग्रह गरिन्। “जनतामा निराशा बढ्दो छ, त्यसलाई महशुस हुने गरी काम गर्नुपर्छ,” उनले निर्देशन दिइन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष