सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूको प्राथमिकता सेवा–प्रशासनभन्दा बढी लोकसेवा आयोगतर्फ केन्द्रित भएको टिप्पणी गरेकी छन्।

बिज्ञापन

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले कर्मचारीहरू नियमित काममा भन्दा परीक्षा तयारीतर्फ आकर्षित भएको प्रवृत्ति देखिएको बताइन्।

बिज्ञापन

उनका अनुसार, हाजिर गरेर कार्यालय समय लोकसेवा तयारीमै खर्च गर्ने प्रवृत्तिका कारण सरकारलाई अपेक्षित नतिजा दिन कठिन भएको छ। “म मन्त्रालयमा आएपछि देखेँ, धेरै कर्मचारीको सोचाइ आफ्नो पेशागत जिम्मेवारीभन्दा पनि पदोन्नति वा अर्को स्तरको प्रतिस्पर्धा कसरी जित्ने भन्नेमा मात्र केन्द्रित रहेछ,” मन्त्री न्यौपानेले भनिन्।

उनले अझै थपिन्, “यदि सबै तहमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रणालीलाई निरन्तरता दिइयो भने काम गर्नेभन्दा पढ्ने, रट्ने र लोकसेवाको तयारी गर्ने कर्मचारीहरूको संख्या बढी हुने रहेछ, त्यसैले धेरै पदमा खुला प्रतिस्पर्धा उपयुक्त हुँदैन।”

बिज्ञापन

यसैबीच, प्रतिनिधिसभाबाट पारित भइसकेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा नायब सुब्बादेखि सहसचिवसम्म खुला विज्ञापनमार्फत भर्ना नहुने प्रावधान राखिएको छ। राष्ट्रियसभामा पुगेको सो विधेयकमा खरिदार तहबाट मात्रै आन्तरिक बढुवामार्फत नायब सुब्बामा प्रवेश गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष