अर्थ मन्त्रालयले एकैपटक ६८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। बुधबार सार्वजनिक गरिएको निर्णयअनुसार विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयले आवश्यकताअनुसार तोकिएका जिम्मेवारीमा पठाएको हो।
बिज्ञापन
यस सरुवासँगै कर प्रशासनका प्रमुख अधिकृतहरू पनि मन्त्रालयतर्फ सरुवा भएका छन्। ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख जीवनाथ ढकाल र आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख राजुप्रसाद प्याकुरेल अर्थ मन्त्रालय आएका छन्।
बिज्ञापन
मन्त्रालयले सरुवा कार्यलाई नियमित प्रशासनिक प्रक्रिया र संगठनात्मक आवश्यकताअनुरूप गरिएको जनाएको छ।