करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले करार सेवामा कार्यरत कर्मचारीलाई समेत महँगी भत्ता उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ।

बिज्ञापन

सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासले जारी गरेको परमादेशअनुसार करार कर्मचारीहरूलाई स्थायी कर्मचारी सरह महँगी भत्ता दिनुपर्नेछ।

बिज्ञापन

यो आदेश एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले दायर गरेको रिटमाथि सुनुवाइपछि आएको हो। सापकोटाले गत असार १६ गते सर्वोच्चमा रिट दायर गर्दै करार सेवाका कर्मचारीलाई महँगी भत्ता नदिई विभेद गरिएको दाबी गरेका थिए।

रिटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद सचिवालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

बिज्ञापन

सरकारले २०८२/०८३ सालको बजेटमार्फत महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको थियो। तर सो व्यवस्था स्थायी कर्मचारीमा मात्र सीमित रहेपछि करार कर्मचारीहरूले असमान व्यवहार भएको भन्दै कानुनी लडाइँ सुरु गरेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

बिशेष