उच्च अदालतको आदेशविपरीत कोशी प्रदेश लोकसेवा आयोगको पदपूर्ति, कर्मचारी असन्तुष्ट

उच्च अदालत विराटनगरले २०८१ चैत २५ गते अधिकृत सातौँ तह पदपूर्ति सम्बन्धी लोकसेवा आयोगको निर्णय बदर गरी कुल दरबन्दीलाई आधार मानेर प्रतिशत निर्धारण गर्न परमादेश दिएको थियो । तर आयोगले उक्त आदेशविपरीत धमाधम कर्मचारी सिफारिस गर्न थालेपछि असन्तुष्टि चुलिएको छ ।

बिज्ञापन

Loksewa (14)Loksewa (15)

बिज्ञापन

Loksewa (13)

शान्तिराम रिमाललगायतका ८ कर्मचारीले दायर गरेको रिटमा अदालतले रिक्त पद (२२) नभई कुल दरबन्दी (९२) लाई आधार मान्नुपर्ने ठहर गरेको थियो । तर आयोगले विवादित विज्ञापन प्रक्रियाअनुसार परीक्षा सञ्चालन गरी केही नतिजा समेत सार्वजनिक गरेको छ ।

बिज्ञापन

असन्तुष्ट कर्मचारीहरूले सबै सेवा समूहमा एउटै नियम लागू हुने भन्दै आयोगले अदालतको आदेश अवहेलना गरेको आरोप लगाएका छन् । उनीहरूले स्वास्थ्य, कृषि, शिक्षा, वनसहितका सिफारिस र नियुक्ति समेत बदर हुनुपर्ने तर्क गर्दै पुनः मुद्दा दायर गर्ने तयारी गरेका छन् ।

latter

आयोगका अधिकारीहरूले भने विवाद नभएका सेवामा पदपूर्ति अगाडि बढाउन पाउने कानुनी आधार रहेको बताउँदै सर्वोच्चको निर्णयपछि मात्रै अन्तिम प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष