उच्च अदालतको आदेशविपरीत कोशी प्रदेश लोकसेवा आयोगको पदपूर्ति, कर्मचारी असन्तुष्ट

उच्च अदालत विराटनगरले २०८१ चैत २५ गते अधिकृत सातौँ तह पदपूर्ति सम्बन्धी लोकसेवा आयोगको निर्णय बदर गरी कुल दरबन्दीलाई आधार मानेर प्रतिशत निर्धारण गर्न परमादेश दिएको थियो । तर आयोगले उक्त आदेशविपरीत धमाधम कर्मचारी सिफारिस गर्न थालेपछि असन्तुष्टि चुलिएको छ ।

बिज्ञापन

Loksewa (14)Loksewa (15)

बिज्ञापन

Loksewa (13)

शान्तिराम रिमाललगायतका ८ कर्मचारीले दायर गरेको रिटमा अदालतले रिक्त पद (२२) नभई कुल दरबन्दी (९२) लाई आधार मान्नुपर्ने ठहर गरेको थियो । तर आयोगले विवादित विज्ञापन प्रक्रियाअनुसार परीक्षा सञ्चालन गरी केही नतिजा समेत सार्वजनिक गरेको छ ।

बिज्ञापन

असन्तुष्ट कर्मचारीहरूले सबै सेवा समूहमा एउटै नियम लागू हुने भन्दै आयोगले अदालतको आदेश अवहेलना गरेको आरोप लगाएका छन् । उनीहरूले स्वास्थ्य, कृषि, शिक्षा, वनसहितका सिफारिस र नियुक्ति समेत बदर हुनुपर्ने तर्क गर्दै पुनः मुद्दा दायर गर्ने तयारी गरेका छन् ।

latter

आयोगका अधिकारीहरूले भने विवाद नभएका सेवामा पदपूर्ति अगाडि बढाउन पाउने कानुनी आधार रहेको बताउँदै सर्वोच्चको निर्णयपछि मात्रै अन्तिम प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

बिशेष