रातो रङ

वीरताको प्रतीक हो रातो रङ
सायद त्यसैले होला,
देशको झन्डामा छ रातो रङ
रातो नै छ राष्ट्रिय फूल लालिगुराँस
रातो नै सिम्रिक छ राष्ट्रिय रङ।

बिज्ञापन

प्रेम र शुद्धताको प्रतीक हो रातो रङ
नारी सौभाग्यको प्रतीक हो सिन्दूर र रातो रङ
त्यसैले त,
प्रेमको प्रतीक गुलावको छ रातो रङ ।
तर,
किन अशुद्ध हुन्छ ?
रजस्वलाको रगतको रातो रङ
किन वर्जित हुन्छ ?
विधवालाई रातो सारी र रातो रङ
किन खोसिन्छ ?
श्रीमानको मृत्युपछि
नारी सौभाग्यको सिन्दूर र रातो रङ
खै, हुँदैन रैछ वीरताको प्रतीक रगतको सबै रातो रङ ।
हुँदैन रैछ सबैको सौभाग्य सिन्दूर र रातो रङ ।

बिज्ञापन

दिप्रुङ चुइचुम्मा-५, नारांगा, खोटाङ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष