रसुवामा यात्रुबाहक बस दुर्घटना, २० जना घाइते

रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित पासाङ ल्हामु सडक खण्डमा गत्लाङबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बा ४ ख ८४३५ नम्बरको बस बिहीबार दिउँसो करिब २ बजे सडकबाट करिब ३० मिटर तल खस्दा बसमा सवार २० मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूमध्ये केहीलाई नुवाकोटको त्रिशुली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौँस्थित विभिन्न अस्पतालमा रिफर गरिएको छ।

 

बिज्ञापन

गम्भीर घाइतेहरूमा गंगा पौडेल (३८, रसुवा), प्रिस्किला तामाङ (२०, रसुवा), जुनिसा तामाङ (२४, रसुवा), दावा साङ्मो तामाङ (५१, रसुवा), बुद्धि बिक (५४, नुवाकोट), सुनिता तामाङ (२८, रसुवा), दावा घले (५२, रसुवा) र पासाङ बुटी शेर्पा (५२, रसुवा) रहेका छन्।

 

बसका चालक गणेश सुनार (२७, नुवाकोट) सहित अन्य मध्यम तथा सामान्य घाइतेहरूमा राजकुमार सेन्चुरी, तेन्चेन मेन्दु तामाङ, गणेश पौडेल, सम्बर लामा, राम माया घले, सिता पौडेल, बिवश लोप्चन, दिपेस परियार, सुजन सुनार र सोना तामाङ रहेका छन्।

 

दुर्घटनापछि घाइतेहरूलाई स्थानीयवासी, प्रहरीले र उद्धार टोलीले तत्काल उद्धार गरी उपचारका लागि पठाएको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेपनि प्रहरीको प्रारम्भिक अनुमानअनुसार सडकको भौगोलिक कठिनाइ र सम्भावित ब्रेक फेलका कारण बस दुर्घटनाग्रस्त भएको हुनसक्ने बताइएको छ।

 

यस दुर्घटनापछि स्थानीयवासीले पासाङ ल्हामु सडक खण्डमा यात्रुबाहक सवारीको सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न माग गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष