बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफ्नो मन्त्रालयमा एक विवादित र बदनाम सहसचिव भित्र्याउन निकै जोडबल गरिरहेको भेटिएको छ । जहाँ र जुन कार्यालयमा बस्यो त्यही विवादै विवादको भूमरीमा परिरहेका सहसचिव हुन,राजेन्द्रदेव पाण्डे ।

बिज्ञापन

उनै पाण्डे नभई भएको छैन,मन्त्री न्यौपानेलाई । मन्त्री र सहसचिवको घर एउटै जिल्ला तनहुँ हो । त्यही कारण तिनै बदनाम सहसचिवलाई भित्र्याउन मन्त्री लागिपरेकी छिन् । पाण्डे हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा जगेडामा छन् । गण्डकी प्रदेशको अर्थ सचिवको भूमिकामा रहँदा आफ्नै भानु नगरपालिकामा २० करोड र वडामा ८ करोड बजेट खन्याएको भेटिएपछि जिम्मेवारी खोसेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको थियो । तिनै पाण्डेलाई सामान्यमा भित्र्याएर कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाउन खोजिरहेकी छिन्,मन्त्री न्यौपानेले ।

बिज्ञापन

यस अघि धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा तिव्वती नागरिकलाई नागरिकता दिलाउने काम गरेर होस वा उनकै कमजोरीका कारण झ्याप्ले खोलामा ३५ जनाको अनाहकमा ज्यान गएको थियो । त्यहाँबाट सरुवा भएर गण्डकी प्रदेश अर्थ मन्त्रालयमा पुग्दा समेत उस्तै बदमासीमा मुछिएका सहसचिव पाण्डेलाई सामान्य प्रशासनको कर्मचारी प्रशासन प्रमुख बनाउन खोजेकी छिन्,मन्त्री न्यौपानेले । राजकुमार गुप्ता मन्त्री हुँदा उनका नीजि सचिव रहेका अमित ढुंगनाहरुलाई त्यहाँबाट लखेटी सकिएको छ । अमित यस अघि योगेश भट्टराई मन्त्री उनका पिएका रुपमा काम गरिसकेका कर्मचारी हुन,अमितको ठाउँ कृष्ण सुवेदीले लिने भएका छन् । उनलाई केही दिन अगाडिमात्र सञ्चारबाट सामान्यमा पु¥याइएको छ । कृष्ण यस अघि पद्या अर्याल,शिवमाया तुम्बाहम्फे मन्त्री हुँदा तिनका पिए बसिसकेका कर्मचारी हुन । यस्तै मन्त्री न्यौपानेले आफ्ना नातेदार उपसचिव लेखनाथ न्यौपानेलाई पर्यटनबाट सामान्यमा भित्र्याइसकेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं

रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

बिशेष